चितवन। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी नवलपरासी क्षेत्रको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बच्चा सहित दुई गैंडा मृत भेटिएको छ । आज दिउसो स्वीपआउट गर्ने क्रममा हात्ती सहितको निकुञ्जको टोलीले माउ र बच्चा गैंडा फेला परेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेको जानकारी दिनुभयो । उहांँका अनुसार बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको छ । ‘बाघले बच्चाबाट अलग्याउन माउलाई आक्रमण गर्यो, माउले बच्चालाई बचाउन खोज्यो । त्यसपछि बच्चालाई बाघले मारेको हुन सक्छ । यसबारेमा थप बिवरण आउंँछ ’ आचार्यले भन्नुभयो । बच्चा गैंडाको कतिपय अंग खाएको अवस्थामा फेला परेको छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा फेरी दुईवटा गैंडा मरे : गैंडाको बच्चालाई बाघले खाएको अवस्थामा भेटियो
चितवन राष्ट्रिय निकुञ्जमा फेरी दुईवटा गैंडा मरे : गैंडाको बच्चालाई बाघले खाएको अवस्थामा भेटियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु