मकवानपुर । हेटौंडाको पासा चटामरी हाउसबाट प्रहरीले २० बोतल लागुऔषध ओमरेक्स सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नंम्बर २ बस्ने वर्ष नमोरत्न मानन्धर र वडा नम्बर ८ कमाने बस्ने अभिषेक मोक्तान रहेका छन । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार सोमबार बेलुका पांँच बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित पासा चटामरी हाउसमा खानतलासी गर्दा उक्त परिमाणमा ओमरेक्स फेला पारेको । उनीहरुले लुकाई छिपाई राखेको लागुऔषध ओमरेक्स २० बोतल र लागुऔषध गाँजा २० ग्राम प्रहरीले फेला पारेको हो । प्रहरीले पासा चटामरी हाउसका सन्चालक सहितलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु