चितवन । चितवनकै गुणस्तरीय परामर्श तथा भाषा कक्षा सञ्चालन गर्दै आएको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको लागी परामर्श तथा भर्ना प्रक्रिया शुरु गरेको छ ।
सेन्ट्रल कलेजले आज कार्यालयमा एजुकेशन सेमिनारको आयोजना गरी अष्ट्रेलियाका दुई कलेजका सिइओ द्धारा परामर्श तथा अन द स्पोट एड्मिसन प्रक्रिया शुरु गरेको हो । सेमिनारमा सिड्नी सिटी कलेज अफ मेनेज्मेण्टका सिइओ रञ्जु वाग्ले थापा र अष्ट्रेलियन इन्टरनेशनल कलेजका सिइओ नरेश थापाले परामर्श दिनु भएको थियो । सो अवसरमा बोल्दै सिइओ रञ्जु थापाले आफू २७ बर्षदेखि अष्ट्रेलियामा रहेको र अष्ट्रेलिया पढ्न र काम गर्न संसारकै उत्कृष्ट गन्तव्य रहेको बताउनु भयो । उहांँले आफ्नो कलेजमा ९० प्रतिशत सम्म नेपाली विद्यार्थीहरु अध्ययन अध्यापन गरेको बताउंँदै सिड्नी सिटी कलेजमा अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । विश्वमै गुणस्तरीय शिक्षा कामको लागि अष्ट्रेलियामा विभिन्न देशबाट विद्यार्थीहरु आउने गरेको भन्दै उहांँले नेपाली विद्यार्थीलाई अवसर नगुमाउन सुझाव दिनु भयो । परामर्शका अवसरमा उहांँले विद्यार्थीलाई अष्ट्रेलिया जानुभन्दा पहिले त्यो देशको भाषा, संस्कृति, कानुन तथा पढाई र कामको प्रकृति बारे थाहा पाउन जरुरी रहेको बताउनु भयो । ‘यो देश यस्तो एक मात्र देश हो । यहांँ सम्पूर्ण फि को ग्यारेन्टी हुन्छ र पढाईसंँगै काम गर्न सकिन्छ ।’ उहाँले भन्नु भयो ।
सेमिनारमा विद्यार्थीको जिज्ञासा मेटाउंँदै अष्ट्रेलियन इन्टरनेशनलका सिइओ थापाले अष्ट्रेलिया शिक्षा र नेपालीहरुको आकर्षक गन्तव्य रहेको बताउंँदै विद्यार्थीलाई भाषागत कक्षा लिएर आफूले ईच्छाएको बिषय अध्ययन गर्न सकिने बताउनु भयो । उहांँले आफ्नो कलेज र संकायका विषय र प्रक्रियाका बारेमा परामर्श दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै सेन्ट्रल कलेजका प्रबन्ध निर्देशक वाइबी पौडेलले यस भोकेसनल ट्रेनिङले विगतमा बर्षहरुमा सयौं विद्यार्थी जापान पठाउंँदै आएको र हाल अमेरिका, युके, क्यानडाका कलेज तथा युनिर्भसिटीमा विद्यार्थी पठाउंँदै आएको जानकारी दिनुभयो । हाल यस कलेजले विद्यार्थीको माग र चापलाई मध्यनजर गरी अष्ट्रेलिया पढ्न पठाउन लागेको बताउनु भयो । कलेजले यसअघि अष्ट्रेलियाका ५२ वटा कलेजसंँग सम्बन्धन र सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलियाका जुनसुकै शहर मा नेपालीले रोजेको बिषयमा पढ्न जान पाउने बताउनु भयो । आगामी दिनहरुमा यस कलेजले अमेरिका, युके, क्यानडाका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुलाई यहांँ ल्याएर परामर्श तथा डकुमेन्ट्स पुरा भएका विद्यार्थीहरुको लागी अन द स्पोट एडमिसन गरिने समेत पौडेलले बताउनु भयो । सेमिनारमा अष्ट्रेलिया पढ्न जाने तथा परामर्श लिने दर्जनौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।