गोपाल कंडेल , चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्ष ०७८,०७९ मा १०३ वटा वन्यजन्तुको मृत्यु भएको छ । चालु आवको साउन देखि पुष महिना सम्म प्राकृतिक र अन्य कारणले ती वन्यजन्तुको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका अनुसार सबैभन्दा बढी चित्तलको मृत्यु भएको छ । सो अवधिमा सवै वन्यजन्तु गरी १०३ वटाको मृत्यु भएकोमा ४० वटा चित्तलको मृत्यु भएको हो । दोस्रो सबै भन्दा बढी मृत्यु भएको छ ।
सो अवधिमा २३ वटा गैंडाको मृत्यु भएको छ । , १० वटा अर्ना, जरायो पांँचवटा, रतुवा तीनवटा मरेका छन । अन्य संरक्षित वन्यजन्तुमा बाघ, बंदेल, अजिंगर , लगुना ,चखेवा, मलाहा विरालो र सर्प गरी दुई ,दुईवटाको मृत्यु भएको छ । यस्तै अन्य संरक्षित वन्यजन्तुमा हात्ती, चितुवा, भालु, मगरगोही , वकुल्ला, कछुवा, गौरीगाई , निलगाई र गोहोरा सबै गरी एक एक वटाको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी, गणेशप्रसाद तिवारीले धेरैजसो वन्यजन्तु निकुञ्ज भित्र वा बाहिर निस्कदांँ प्राकृतिक कारणले मृत्यु हुने गरेको बताउनु भयो । ‘गैंडाको हकमा धेरै जसो बुढो भएर, जुधेर मर्ने गरेको हुन्छ , तिवारीले भन्नुभयो , अन्य वन्यजन्तुहरु पनि अधिकांश प्राकृतिक तथा फसेर, दुर्घटना भएर मर्ने गर्दछन ।’ बिषेशगरी आफ्नो बासस्थानबाट बाहिर निक्लदांँ, एक आपसमा वन्यजन्तु जुध्दा गम्भिर घाईते भई मर्ने तथा मानव र वन्यजन्तुको द्धन्द्धका कारण पनि यस्ता घटना हुने गरेको तिवारीको भनाई छ ।