चितवन । चितवनमा चालु आर्थिक बर्ष ७८,७९ को ६ महिनामा वन्यजन्तुबात ४८४ वटा क्षतिका घटना भएका छन । चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आवको पुष मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । जस अनुसार सो अवधिमा बाघको आक्रमणबाट ४ जनाको मृत्यु, हात्तीको आक्रमणबाट तीन जना, गैंडा, गौरीगाई र बंदेलको आक्रमणबाट एक ÷एक मृत्यु भएको हो । कार्यालयका अनुसार सो अवधिमा १८ जना सख्त घाइते भएका छन । घाइते हुनेमा सबैभन्दा बढी गैंडाबाट ११ जना र कम बाघ र भालुको आक्रमणबाट एक÷एक जना भएका छन भने हात्तीबाट तीनजन सख्त घाइते भएका थिए । यस्तै सो अवधिमा वन्यजन्तुको आक्रमणबाट १८ जना समान्य घाइते भएका थिए ।
कार्यालयका सूचना अधिकारी सहायक प्रमुख संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बाघ मांसहारी जनावर भएको र यसले आक्रमण गरिसकेपछि जिउंँदो नछोड्ने भएकोले बाघको आक्रमणबाट मर्नेको संख्या अन्य वन्यजन्तुको बढी हुने बताउनु भयो । ‘बाघ आफैंमा मांसहारी प्राणी हो, आक्रमण गरेपछि यसले छोड्दै छोड्दैन ,उहांँले भन्नुभयो, हात्ती गैंडा वन्यजन्तुले आक्रमण गरेपछि मानिस सख्त घाइते हुने र भाग्दा ,दौडदा पनि गम्भिर चोट लाग्ने गर्दछ ।’ वन्यजन्तुको स्वभाव ,प्रकृति, शारिरीक वनावटको आधारमा पनि मृतक र घाइतेको संख्या सोही अनुपातमा हुने तिवारीको भनाई छ ।
९२ वटा पशुधन क्षतिका घटना
६ महिनामा वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशुधन क्षतिका ९२ वटा घटना भएका छन । सो अवधिमा सबैभन्दा बढी क्षति चितुवाबाट ७५ वटा क्षति भएको छ । यस्तै बाघबाट १६ वटा घटना र अजिंगरबाट एउटा घटना मात्र भएको छ ।
सूचना अधिकारी तिवारीले वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा बाहिरका वस्तीमा गएर पशुचौपायालाई आक्रमण गर्ने , घाइते बनाउने गरेको र यसमा सबैभन्दा बढी चितुवाले आक्रमण गरेको बताउनु भयो । ‘चितुवा मांसहारी र चलाख वन्यजन्तु हो, तिवारीले भन्नुभयो, यसले वस्तीमा गएर बाख्रा, वंगुर र अन्य साना घरपालुवालाई आक्रमण गर्ने र मार्ने गर्दछ ।’ यस्तै बाघ पनि आहाराको खोजीमा गाउंँवस्तीमा पस्ने र घरपालुवा जनावरलाई आक्रमण गर्ने र मार्ने गर्दछ ।
यस्तै सो अवधिमा वन्यजन्तुले मानववस्तीमा पसेर ४ वटा भण्डारण गरेको अन्नको क्षति गरेका छन । १६ वटा घर गोठको क्षति र ३२६ वटा अन्नबालीमा क्षति पुरयाएको घटना छ । अन्नबालीमा क्षति पुरयाएको मध्ये सबैभन्दा बढी गैंडाले १६८ वटा क्षति गरेको छ । यस्तै ४२ स्थानमा जंगली हात्ती र ११६ वटा क्षति जंगली बंँदेलले गरेको कार्यालयले जनाएको छ । विशेषगरी शाकाहारी वन्यजन्तुले आहारा र खानाको खोजीमा मानव वस्तीमा गएर अन्नबाली खाईदिने र नष्ट गरिदिने गरेका छन ।
सूचना अधिकारी तिवारीले राहत वितरण सिफारीस समतिले क्षतिको विवरण पेश गरिएको आधारमा क्षतिपूर्ती दिने गरिएको बताउनु भयो । ‘क्षतिको प्रकृति र मुचुल्का , सिफारीशको आधारमा हत दिइने गरिन्छ उहांँले भन्नुभयो, मानवीय क्षतिको राहत रकम पनि बढी नै हुन्छ ।’