चितवन । गएराती वयस्क भाले चित्तल मृत फेला परेको बिषयमा हालसम्म खुल्न सकेको छैन ।
रातको समयमा व्यस्त सडकमा चित्तल मरेको भेटिएपनि गाडीको ठक्करले हो वा अन्य कारणले मरेको भन्ने बिषयमा खुल्न नसकेको हो । जिल्ला वन कार्यालय, चितवनका प्रमुख रामशरण नेपालले गाडीले ठक्कर दिएको देखिएपनि हालसम्म के कारणले मरेको भन्ने बिषयमा अनुसन्धान भईरहेको बताए ।
‘के कारणले मृत्यु भएको हालसम्म खुल्न सकेको त छैन तर सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको पनि हुन सक्छ ।’ तर यही हो वा होइन भन्ने बिषयमा अनुसन्धान भईरहेको छ । नेपालले भने ।
चित्तलको पछाडिपट्टी गम्भिर चोट देखिएकोले गाडीले ठक्कर दिएको हो भन्ने अनुमान गरिएको छ । गाडीले ठक्कर दिएको भनिएपनि हालसम्म ठक्कर दिने गाडी पनि फेला परेको छैन । आंँपटारीको जंगल नजिक सडक पार गर्ने क्रममा चित्तल मृत फेला परेपनि पछाडिपट्टी चोट देखिएका कारण अन्य कारणले पनि मृत्यु भएको आशंका गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १ आंँपटारीको सडकमा चित्तल मृत फेला परेको हो । यहांँ नजिक पशु क्वारेन्टाइन र दियालो वंगाला नजिक पर्दछ ।
आंँपटारीमा चित्तलको मरेको विषयमा आशंका ः मरेको कारण खुल्न सकेन
आंँपटारीमा चित्तलको मरेको विषयमा आशंका ः मरेको कारण खुल्न सकेन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु