चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० ,एयरपोर्ट अगाडिको सेक्स टोयज सपमा कृतिम योनाङ्ग किन्नेको संख्या बढ्दै गएको पाईएको छ । प्राकृतिक रुपमा जस्तै यी यौन खेलौनाबाट पुरुष तथा महिलाले भरपुर यौन सन्तुष्टी प्राप्त हुने भएका कारण कृतिम यौनाङ्गको आकर्षण बढेको हो ।
चितवनमा संभवत पहिलोपटक यौन तृष्णा मेटाउनका लागि कृतिम यौनाङ्ग सहजै उपलब्ध भएपछि छोटो समयमै यसको माग बढेको सपका सञ्चालकहरु बताउंँछन । पसलमा हाल पुरुषहरुले भन्दा बढी यी खेलौनामा महिला बढी रुचि देखाएका छन । बिक्री पनि बढी पुरुष यौनाङ्गको भएको छ । ‘हामीले यति छोटो समयमा चितवनमा यसको आकर्षण बढ्छ भन्ने सोचेका थिएनौं सञ्चालक आशिष लामाले भने, पुरुष भन्दा पनि महिलाले बढी इन्टरेष्ट दिनु भएको पाएका छौं । बिक्री पनि बढी डिल्डो( पुरुष यौनाङ्ग) को भएको छ ।’
परिपक्व जुनसुकै पुरुष तथा महिलाको लागि यौनाङ्ग उपलब्ध भएकोले सबै उमेर समुहका महिला तथा पुरुषको रोजाईमा सेक्स खेलौना भएको लामाले बताए । ‘मानिसहरुको आधुनिक जीवनशैलीसंँगै यौन ईच्छा चाहना परिपूर्ती गर्ने र हामीले उहांँहरुलाई सेवा दिनेनै हाम्रो लक्ष्य हो । ’ लामाले भने । चितवनमा बढ्दो शहरी संँगै र पछिल्लो समय सेक्स टोयजको आवश्यकता र माग बढेकोले आफूले यसप्रकारको पसल सञ्चालनमा ल्याईएको आशिश लामाको भनाई छ ।
हाल पसलबाट प्रत्यक्ष रुपमा र अनलाईन मार्फत अर्डर र डेलिभरी सेवा दिईएको छ । चितवन जिल्ला लगायत अन्य जिल्लाबाट अर्डर आउनुका साथै विदेश जाने पुरुष तथा महिलाले समेत किनेर लगेको उनले बताए ।
बिशेषगरी यो पसलमा सेक्स पार्टनर देश भन्दा बाहिर रहेका पुरुष तथा महिला बढी किन्न आउने गरेका छन । हाल यहांँ महिलाको लागि म्यानुअल डिल्डो, भाइब्रेटिङ्ग डिल्डो, लुब्रिकेन्टस, ब्रेष्ट ठूलो गर्ने साधन, योनी टाईट गर्ने साधन लगायत महिलाका विभिन्न फ्लेवरका कण्डमहरु पाईन्छन । यस्तै पुरुषका लागि विभिन्न साइज र प्रकृतिका भेजिना, भर्जिन भेजिना तथा सेमी बडी भेजिना , लुब्रीकेन्टस, विभिन्न प्रकारका कण्डमहरु उपलब्ध छन ।
बिशेषगरी आफ्ना यौनसाथी नभएका व्यक्तिहरुलाई लक्षित गरी एकहजार पांँचसय देखि २२ हजार मुल्यका सेक्स टोयजका बिक्री सेवा शुरु गरिएको अर्का सञ्चालक अंगिरा थापाले बताए । आगामी दिनहरुमाा ग्राहकको चाहना र आवश्यकता अनुसार विदेशबाट आधुनिक प्रविधिका सेक्स टोयज समेत ल्याइने लामाको भनाई छ ।
मानिसका विभिन्न यौन चाहना र विपरीत लिंग प्रतिको आकर्षण ,प्राकृतिक विशेषता र मानव जीवनमा यौनसम्पर्क आवश्यक पर्ने भएकोले पनि पछिल्लो समय सेक्स टोयजको आकर्षण बढ्दै गएको हो । ‘सेक्स टोयजले एक त समाजमा यौन हिंसालाई कम गर्न पनि मदत गर्छ, थापाले भने, स्वस्थ, अनुशासित मर्यादित समाज निर्माणको लागि पनि मदत गर्छ भन्ने हाम्रो विश्वास हो ।’ सेक्स टोयस विकसित देशमा सामान्य रुपमा लिइने गरेको र नेपालमा पनि पछिल्लो समय यसको प्रयोग र आकर्षण बढ्दै गएको उनको भनाई छ ।
आगामी दिनमा सेक्स टोयज शोरुम अन्य ठाउंँमा विस्तार गर्नुका साथै ग्राहकको थप सेवा दिन अलग्गै शोरुम तथा स्टोर रुमको व्यवस्था गरिने योजना रहेको थापाले बताए ।
सेक्स टोयज प्रयोग गर्नुका फाइदाहरु
१, आफूले चाहेको खोजेको रोजेको कृतिम यौनाङ्ग सजिलै पाईने
२, प्राकृतिक यौन सम्पर्क जस्तै आनन्द तथा मनोरञ्जन प्राप्त हुने
३, आफ्नो यौन उत्तेजनालाई सन्तुलन ल्याउने र उत्तिकै उर्जा प्राप्त हुने
४, आफ्नो क्षमता अनुसार मुल्यका यौनाङ्ग पाईने र यसले शरीरमा हानी नोक्सानी नपुग्ने
५, समाजमा हुने बलात्कार र यौन हिंसा न्यूनिकरण हुने
६, समाजमा रहेका यौन विकृति विसंगती लाई कम गर्न मदत गर्ने