चितवन । प्रतिबन्धित क्यूनेट नेटवर्किङ्ग विजनेश सञ्चालन गरी ठगी गर्ने तीन जना बुधबार जेल चलान भएका छन ।
भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने वर्ष ३६ को सरोज घिमिरे र भारत देश राजस्थान जयपुर बस्ने वर्ष २८ को जितेश बर्मा, भारत देश, हरियाणा प्रदेश, गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस घर भएको वर्ष ३४ को अंकित शर्मा कारागार चलान भएका हुन् ।
उनीहरुले मंसीर १७ गते भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित सिजी ल्याण्डमार्क होटलमा नेटवर्किङ्ग सम्बन्धी सेमिनार गरिरहेका अबस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई नेटवर्किङ ठगीको कसुरमा म्याद थप गरी अनुसन्धान गरिएकोमा उनीहरु बिरुद्ध संगठित रुपमा नेटबर्किङ ठगी गरेको कसुरमा अभियोग पत्र पेश भएकोले पूर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
अन्ततः नेटवर्किङ विजनेश सञ्चालन गर्ने भए कारागार चलान
अन्ततः नेटवर्किङ विजनेश सञ्चालन गर्ने भए कारागार चलान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु