चितवन । लिटिल फ्लावर स्कुल, नारायणगढले ब्रिटीस काउन्सीलबाट ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेको छ । एकबर्ष भरी स्कुलले गरेको अध्ययन अध्यापनको गुणस्तर, शैक्षिक गतिविधिको मुल्यांकन गर्दै आज सो अवार्डको घोषणा गरेको हो ।
हरेक बर्ष काउन्सीलले विभिन्न स्कुलले दिएको आवेदनको आधारमा मुल्यांकन गर्दै छनौट गर्ने गर्दछ । स्कुलका प्राचार्य फादर रोबीले स्कुलले ब्रिटीस काउन्सीलले दिएको मापदण्ड, प्रक्रिया, योग्यता पुगेकोले स्कुलले अवार्ड पाउन सफल भएको बताउनु भयो । ‘हामीले एकबर्षभित्र लामो प्रोसेस र मापदण्ड पुुरा गर्यौं, उहांँले भन्नुभयो, यो अवधिमा हामीले सातवटा प्रोजेक्ट बुझाएका थियौं ।’ स्कुलको पूर्वाधार, शैक्षिक अभ्यास, अतिरिक्त क्रियाकलाप र अन्य गतिविधिको मुल्यांकन गरेर उक्त अवार्ड दिएको फादर रोवीको भनाई छ ।
स्कुलले यो इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेपछि अन्र्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर हुने र स्कुलको अन्र्तराष्ट्रियस्तरमा अलग्गै प्रतिष्ठा र परिचय प्राप्त हुने उहांँले बताउनु भयो । ‘अब हाम्रो शैक्षिक गुणस्तर र जिम्मेवारी पनि बढ्छ, फादर रोबीले भन्नुभयो, अब हाम्रो स्कुलको हरेक सर्टिफिकेटमा ब्रिटीश काउन्सीलको लोगो हुन्छ । ’ स्कुलले पाएको यो अवार्डबाट उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीको लागि अलग्गै मान्यता प्राप्त हुने उहांँको भनाई छ ।
यसअघि स्कुलले क्याम्ब्रिज युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरिसकेको छ । चितवनमा लिटिल फ्लावर स्कुल नीजि क्षेत्रकै सर्वोत्कृष्ट स्कुल मध्ये पर्दछ । शैक्षिक गुणस्तरकै कारण यहांँ करीब २ हजार ५०० विद्यार्थीहरु अध्ययन गर्दछन ।