चितवन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत टिकौली जंगलमा बेबारिसे एक पुरुषको शब भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शुक्रबार दिउसो १ बजे
टिकौली जँगल सडकखण्डबाट पश्चिमतर्फ चितवन राष्ट्रिय निकुञ्जको जंगल एरियामा सडकबाट डेढ किमी भित्र अन्दाजी ६० बर्षको पुरूष व्यक्तिको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अनुहार घाँटी, छातको भाग जंगली जनावरले खाएको र आन्द्रा, करङ समेत देखिएको अवस्थामा उक्त शव फेला पारेको थियो । हाल उक्त शबलाई परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ । कालो ज्याकेट,कालो–सेतो उलनको सर्ट,हरियो रंगको कपडाको पाईन्ट लगाएको हुलिया भएको व्यक्तिलाई कसैले चिन्नु भएमा मृतकको आफन्तलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु