पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैंठकले पदाधिकारी सहितको विधान मस्यौदा समिति, सचिवालय र ७ वटा उपसमिति गठन गरेको छ ।
मञ्चको पदाधिकारी अध्यक्ष अपिल घिमिरे, उपाध्यक्ष अनिल भट्टराई, दीपा गौतम, सचिव हेमराज रिमाल, कोषाध्यक्ष रबिन सुवेदी, सहसचिव विवेक पोख्रेल र विनिता श्रेष्ठ रहने गरि मस्यौदा समिति बनाएको हो । बैठकले सचिवालयको समुहमा भने पदाधिकारी सहित सदस्य सविता अधिकारी र रामशरण गैरेलाई थप गरेको छ ।
मञ्चका सचिव हेमराज रिमालका अनुसार संयोजक र सदस्यहरु सहित ७ उपसमिति समेत निर्माण भएको छ । जसअनुसार विधानमस्यौदा उपसमितिमा संयोजकमा मञ्चका अध्यक्ष अपिल घिमिरे, क्षमता विकास तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा उपाध्यक्ष अनिल भट्टराई, महिला शसक्तिकरण उपसमितिमा महिला उपाध्यक्ष दिपा गौतम, आर्थिक उपसमितिमा संयोजकमा कोषाध्यक्ष रबिन सुवेदी, आईटी उपसमितिमा सहसचिव विवेक पोख्रेल, प्रतिवेदन लेखन उपसमिति संयोजकमा सदस्य रामशण गैरे , समन्वय उपसमिति संयोजकमा सदस्य हिरालाल आचार्य लाई चयन गरिएको रिमालले बताउनु भयो ।
बैठकमा मञ्चका अध्यक्ष घिमिरेले प्रस्ताव गरेको कार्ययोजनामा विधान तयार गरि २० माघ भित्र दर्ता प्रकृया सम्पन्न गर्ने बताएको छ । संगै पत्रकारको क्षमता विकासको लागि लागि प्रशिक्षण कार्यक्रम गर्ने , कोरोनाका विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने , अक्षयकोष स्थापना गर्ने, पश्चिम चितवनको जनप्रतिनिधि, पर्यटन समिति लगायतका विभिन्न क्षेत्रमा अन्तक्रिया गर्ने घिमिरेले बताउनु भयो ।
मञ्चले पश्चिम चितवनको पर्यापर्यटनमा टेवा पुराउने अपेक्षा
पश्चिम चितवनको पर्यापर्यटनमा मञ्चले टेवा पुराउनेमा स्थानिय संघ संस्थाहरु आशावादी छन् ।
पश्चिम चितवन पत्रकार मञ्चको बैठक अघि पटिहानीका विभिन संघ संस्थाहरुले संयुक्त रुपमा पत्रकारहरुलाई अतिथ्यता गराउँदै स्वागत तथा अन्तक्रिया कार्यक्रममा यो अपेक्षा व्यक्त गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २२ का कार्यवाहक वाड अध्यक्ष सोम बहादुर गुरुङले पर्यटन विकासमा वडा कार्यलय सक्रिय रुपमा लागेको अवस्थामा पश्चिम चितवन पत्रकार मञ्चले प्रचारप्रसार मार्फत आफुहरुलाई सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भयो ।
यस्तै पटीहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महत्तोले इतिहासलाई जोडेर यस क्षेत्रको पर्यपर्यटनको विकास गर्दिन पत्रकारहरुसंग अनुरोध थियो । पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाले पश्चिम चितवनको पर्यटनमा आशा संगै निराशा पनि रहेको भन्दै निकुञ्ज ऐन पर्यटन मैत्री बनाउन मञ्चमा अवद्ध पत्रकारहरुले आवज उठाउने अपेक्षा व्यक्त गर्नु भयो ।
भरतपुर महानगर पालिका वडा नम्बर २२ को कार्यलय, पटिहानी मध्यवत्ती उपभोक्ता समिति, पटिहानी पर्यटन विकास समिति, वेलशाहर मध्यवत्ती सामुदायिक वन उपभोक्ता समूह, विरेन्द्रनगर मध्यवत्र्ती सामुदायिक वन उपभोक्ता समूह र पटिहानी पर्यटन होटल एशोशियसनले संयुक्त रुपमा पत्रकारहरुलाई स्वागत गर्दै अन्तक्रिया कार्यक्रम गरेका थिए । बैठक संगै स्थानिय सामुदायिक वन, अम्रेला स्ट्रिट, छितामाई लगायतका ठाउँको अवलोक कार्यक्रम समेत भएको थियो ।
अध्यक्ष घिमिरेले पत्रकारहरुको पेशागत हक हित संगै पश्चिम चितवनको विकास निमार्ण र पर्यटकीय क्षेत्रको प्रचारमा मञ्चले आफ्नो भुमिका निर्वाह गर्ने बताउनु भएको थियो ।