मकवानपुर । मकवानपुर प्रहरीले मापदण्ड विपरीत भारी वजन बोक्ने ९७ वटा ट्रिपरलाई कारवाही गरेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीचेकिङ्ग टोलीले हेटौडा उपमहानगरपालिका वडा नं ११ स्थित पूर्वपश्चिम लोकमार्ग, वडा नम्बर १ स्थित तिर्तिरेधारा र मनहरी गाउंँपालिका वडा नम्बर ६ स्थित पुर्वपश्चिम लोकमार्गमा चलेका ट्रिपरलाई कारवाही गरिएको प्रहरीले जनाएको छ । टिपरको ओभरलोड र तीब्र गतिका कारण सडक दुर्घटना बढी हुने गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु