चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा हर्दी युवा समाजले जित हात पारेको छ। आज (मंगलबार) भएको पहिलो खेलमा हर्दीले नारायणी फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो ।
हर्दीको जितमा सुनिल लामा र सन्तोष तामाङले गोल गरे । नारायणीका अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको ३६ औं मिनेटमा सुनिलको गोलमा हर्दीले अग्रता लिएको थियो । पहिलो हाफमा हर्दी १-० ले अघि रह्यो ।
दोस्रो हाफमा नारायणी बराबरी गोल फर्कायो । ४३ औं मिनेटमा अमृतले गोल गर्दै खेलमा १-१ को बराबरी गरे । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा सन्तोषले निर्णायक गोल गर्दै हर्दीलाई २-१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच हर्दीका सुनिल लामा चुनिए ।
जारी लिगमा दुबै क्लबको यो अन्तिम खेल हो । हर्दीले जित हात पार्दै लिग टुङ्ग्याको छ । समूह ‘बी’ मा रहेको हर्दीको पाँच खेलबाट ७ अंक भएको छ । समान खेलबाट नारायणीको ६ अंक छ ।