चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका छन् ।
आज (शनिबार) भएको पहिलो खेलमा यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले ।
खेलको म्यान अफ दि म्याच यात्राका रोजल दाहाल घोषित भए । उनलाई बागमती प्रदेश फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ट्रफी प्रदान गरे । बराबरीपछि समूह ‘बी’ मा ४ खेलबाट ७ अंक बटुल्दै यात्रा दोस्रो स्थानमा उक्लिएको छ ।
समान खेलबाट ४ अंक बनाएको हर्दी तालिकाको पाचौं स्थान।आ यथावत छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु