चितवन । चितवनको रत्ननगरमा केइसी इन्टरनेशनल लिमिटेडले सडक सुरक्षा सचेतना कार्यक्रम गरेको छ । कम्पनीले बिहीबार सडक सुरक्षा जीवन रक्षा भन्ने मुल नाराका साता व्यापी कार्यक्रम अन्तर्गत उक्त सचेतना कार्यक्रम गरेको हो ।
मानव सुरक्षा सम्वेदनालाई मध्यनजर गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक सुरक्षा कार्यक्रम गरिएको कम्पनीका कर्मचारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार मानव र सडकसंँग जोडिएका सुरक्षालाई कसरी कायम राख्ने र दुर्घटना कसरी न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।
कम्पनीले यात्रुबहाक बस, पैदल यात्री, स्थानीय , ठूला मालबहाक सवारी साधन लगायत अन्र्य यात्रुलाई सडक सुरक्षा, र स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा कम्पनीका बिशेष अतिथि कम्पनीका प्रोजेक्ट मेनेजर सौरभ होजारा, नेपाल विद्युत प्राधिकरणका प्रोजेक्ट मेनेजर सन्तोष कुमार शाह, इलाका ट्राफिक कार्यालय, टांँडी ट्राफिक प्रहरी लगायतको आतिथ्यता रहेको थियो । यस्तै कर्मचारीका इञ्जिनियर दिेपेन्द्र प्रताप सिंह, चन्द्र महत्तो,राजेस महत्तो, तेज नारायण प्रसाद लगायतको सहभागिता रहेको थियो । उक्त कम्पनीले हेटौंडा देखि चितवनसम्म २२० किलो वाट विद्युतीय टावरको लागि काम गरिरहेको छ । कम्पनीले जनवरी ११ तारिख देखि १७ तारिखसम्म देशका विभिन्न स्थानमा सडक सुरक्षा सचेना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।
‘केइसी इन्टरनेशनल’द्धारा सडक सुरक्षा सचेतना
‘केइसी इन्टरनेशनल’द्धारा सडक सुरक्षा सचेतना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु