चितवन– चितवनमा एयर होस्टेज अध्यापन र तालिम सञ्चालन गर्दै आएको एकमात्र एकेडेमी एजुर एभिएसन एकेडेमीले एयर होस्टेज बन्न चाहने विद्यार्थीका लागी स्पेशल अफर ल्याएको छ । एकेडेमीले चितवन महोत्सव अवलोकन गर्न आउने विद्यार्थीहरुलाई लक्षित गर्दै महोत्सव अवधिभर विद्यार्थी भर्ना निःशुल्क र ट्युसन शुल्कमा २५ प्रतिशत छुट सुविधा दिन लागेको हो ।
पौष २५ गते अर्थात भोलीदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुन लागेको उक्त महोत्सवमा एजुरले आफ्नो स्टल राखेर सहभागिता गर्दैछ । एजुरले महोत्सवमा स्टल नम्बर ७० बाट विद्यार्थीलाई परामर्श दिनुका साथै भर्ना हुन चाहनेलाई महोत्सव परिषरबाटनै फाराम उपलब्ध गराउन लागिएको एकेडेमीका निर्देशक विशाल बाबु चापागाइँले जानकारी दिए ।
निर्देशक चापागाईंका अनुसार विद्यार्थीले महोत्सव हुने १० दिनको अवधिमा एजुरको स्टलमा गएर ‘एड्मिशन इन्क्वाएरी फर्म’ भर्न सक्नेछन् । जुनसुकै विषय तथा संकायमा पनि प्लस टु पास भएका विद्यार्थीले उक्त फर्म भर्न पाउनेछन् । उक्त स्टलमा एजुरले विद्यार्थीलाई गेम पनि खेलाउनेछ । गेमका विजेताले १ हजार देखी १० हजार रुपैँया जित्न सक्ने उनले बताए । एयर होस्टेज अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो एउटा सुनौलो अवसर रहेको र यो अवसर नगुमाउन चापागाईंले अनुरोध गरे ।
एजुर एभिएसन इण्डियाको शेल्टास एभिएसनको फ्रेन्चाइज एकेडेमी हो । इण्डियाको अनुमति प्राप्त भएमा आगामी दिनमा पनि यस्ता अफरहरु आउन सक्ने निर्देशक विशाल बाबु चापागाइँले जानकारी दिए ।
एजुर एभिएसन एकेडेमीले भरतपुर महानगरपालिका १० हाकिमचोकमा कार्यालय स्थापना गरी गतबर्ष देखि एयर होस्टेज सम्बन्धी कक्षा सञ्चालन गर्दै आएको छ ।
एजुर एभिएसन एकेडेमीको अफरै अफर : महोत्सवभर भर्ना निशुल्क, ट्यूसनमा २५ प्रतिशत छुट
एजुर एभिएसन एकेडेमीको अफरै अफर : महोत्सवभर भर्ना निशुल्क, ट्यूसनमा २५ प्रतिशत छुट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु