चितवन । चितवनमा कलेजो प्रत्यारोपण गर्दै आईरहेको चितवन मेडिकल कलेजमा कलेजोको जांँच गर्नेमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने जटिल समस्या आउने गरेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार दैनिक २५ जनाको हाराहारीमा कलेजकोको विरामी आउने गरेको र ती मध्ये आधा प्रत्यारोपणका विरामी आउने गरेका हुन् । आज कलेजले पत्रकार सम्मेलन गरी कलेजको प्रत्यारोपणको अवस्था बारे जानकारी दिएको हो ।
कलेजो उपचारमा संलग्न डाक्टर सागर पौडेलले भने, ‘हामीकहांँ दैनिक २५ जनाको हाराहारीमा ओपिडीमा चेकजांँचको लागि आउनु हुन्छ । ती मध्ये १२, १३ जनाको प्रत्यारोपण गर्नुपर्ने देखिएको छ ।’
कलेजले गत चैत्रबाट कलेजो प्रत्यारोपणको सेवा दिन थालेको हो र हालसम्म ६ जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको छ । हाल कलेजो प्रत्यारोपणका लागि तीनजनाको प्रक्रिया अघि बढेको डाक्टर पौडेलले बताए । ‘तीनजना प्रत्यारोपणको पाइपलाइनमा हुनुहुन्छ उनले भने, ती सबै साना उमेरका छन ।’ उनका अनुसार पछिल्लो समय वंशाणुगतका कारण पनि बच्चाहरुमा कलेजोको समस्या हुने गरेको छ । अस्पतालले गरेको कलेजो प्रत्यारोपणमा ९० प्रतिशत सफल प्रत्यारोपण भएको दाबी गरेको छ ।
अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले यो उपचार पद्धति जटिल र महंगो भएकोले सबैको पहुंँचमा र सबैले उपचार गर्न नसकेको बताए । ‘यो पद्धति महंगो पनि छ, सबैको पहुंँचमा पनि छैन , जटिल पनि छ ।’ डाक्टर लम्सालले भने ।
अस्पतालले चैत्रदेखि हालसम्म नेपालमा सबैभन्दा बढी संख्यामा कलेजो प्रत्यारोपण गरेको दाबी गरेको छ । ‘हामीले १० महिनाको अवधिमा ६ जनाको सफल कलेजो प्रत्यारोपण गरेका छौं ।अस्पतालका अध्यक्ष डाक्टर हरिश न्यौपानेले भने, काठमाडौंमा टिचिङ्ग र भक्तपुरको गरीएक बर्षमा ६ वटा कलेजो प्रत्यारोपण भएको छ ।’
अघिल्ला बर्षहरुमा कलेजो प्रत्यारोपण गर्न विदेश जानुपर्ने र शुल्क अत्यधिक महंगो तिनुपर्ने बाध्यता रहेको भन्दै डाक्टर न्यौपानेले नेपालमा सस्तो उपचार गर्न सकिएको बताए । ‘भारत लगायत अन्य देशमा उपचार गर्न जांँदा झण्डै यहांँको दोब्बर तेब्बर खर्च लाग्ने गर्छ उनले भने, यो अस्पतालमा प्रत्यारोपण शुल्क १५ लाख मात्र लिने गरेका छौं ।’ यसबाहेक उपचारमा लाग्ने औषधि र अन्य शुल्क गरी थप १० लाग्ने उनले बताए ।
यो अस्पतालमा भारतको नयांँ दिल्ली स्थित अपोलो अस्पतालका डाक्टर निरभ गोयल,डाक्टर अरुणकुमार र डाक्ट रमन सहितको टीमले कलेजो प्रत्यारोपणको काम गर्दै आएको छ ।
नेपालमा कलेजो प्रत्यारोपण उपचारमा नेपालको कानुन उपचारमैत्री नभएका कारण चुनौति भएको चिकित्सकको भनाई छ । ‘मुख्य गरी आर्थिक कारण, डोनर सहज नपाउनु, ब्ल्ड ग्रुप म्याच नहुनु हो ।’डाक्टर न्यौपानेले भने ।
सरकारले मृगौला प्रत्यारोपणको लागि प्रति व्यक्ति पांँच लाख उपलब्ध गराउंँदै आएपनि कलेजो प्रत्योरोपणको लागि सहुलियत नहुंँदा बिरामीहरुले उपचार गर्न सहज नभएको उनको भनाई छ । कलेजो प्रत्यारोपण गर्नुपर्ने विरामीको समयमा प्रत्यारोपण गर्न नपाए उनीहरुको एक देखि २ बर्षभित्र मृत्यु हुने गरेको चिकित्सकको भनाई छ ।
कलेजो प्रत्यारोपणको लागि स्वस्थ मानिसको ६० देखि ७० प्रतिशत कलेजो निकालेर विरामीलाई प्रत्यारोपण गरिन्छ ।
अस्पतालले पुस ४ गते कैलाली जिल्ला धनगढी उपनगरपालिका वडा नम्बर १९ का बर्ष ३८ का जीवन पुजराको सफल कलेजो प्रत्यारोपण गरेको जानकारी दिएको छ । प्रत्यारोपणका लागि उनकै भाई बर्ष ३२ का कृष्ण पुजराले कलेजो दान गरेका थिए । उनीहरुको दुबैको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको र डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।