चितवन । सामुदायिक रेडियो देवघाटले ११ औं वाषिर्कोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ माघ १ गते औपचारिक रुपमा सञ्चालनमा आएको रेडियो देवघाट संस्कृति संरक्षण तथा सम्वर्धनमा केन्द्रीत छ । रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालका अनुसार पुस २५ देखि माघ १ गतेसम्म वार्षिकोत्सवका कार्यक्रम हुनेछन् ।
पुस २५ गते देवघाट बसपार्कमा रक्तदान, २६ गते रेडियो परिसरमा अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, २७ र २८ गते स्रोतासँग सुझाव संकलन, २९ गते देवघाट क्षेत्रका ४ वटा वृद्धाश्रममा फलफूल वितरण, ३० गते लोकगीत प्रतियोगिता गरिने बताए । माघ १ गते वेणीसंगमबाट प्रत्यक्ष प्रसारण, सञ्चालक समिति र शेयर सदस्यबीच म्युजिकल चियर प्रतियोगिता र समापन कार्यक्रम हुनेछन् ।
हरेक विहान ५ बजेदेखि राती १० बजेसम्म प्रशारणहुँदै आएको छ । वार्षिकोत्सव कार्यक्रम सफल पार्न मुल आयोजक समिति र ६ वटा सदस्यीय उपसमिति बनाइएको छ । पवित्र तीर्थस्थल देवघाटधाममा रेडियो देवघाटको चितवन, नवलपरासी, मकवानपुर, धादिङ, लमजुङ, गोर्खा लगायतका जिल्लामा सुन्न सकिन्छ भने अनलाइन मार्फत प्रत्यक्ष समेत सुन्न सकिन्छ ।