चितवन । नेवाः पत्रकार राष्ट्रिय दबू, चितवन शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती अवसर पारेर आज नारायणगढमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल नेवाः पत्रकार दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठले चितवन मेडिकल को हब भएको भन्दै चितवनका अस्पतालमा रगतको अभावलाई कम गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिएको जानकारी दिनुभयो । पत्रकारले पत्रकारिता संँगै यस्ता सामाजिक गर्दा समाजमा समेत सकारात्मक सन्देश जाने अध्यक्ष श्रेष्ठको भनाई छ । ‘पत्रकार समाजको ऐना त हो तर यस्ता सामाजिक काममा समेत पत्रकार अग्रसर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । ’उहांँले भन्नुभयो । आगामी दिनमा पनि संघले सामाजिक काम र रचनात्मक कार्यलाईलाई निरन्तरता दिने उहांँले बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठ, विशिष्ट अतिथि पत्रकार महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर महानगरपालिका वडा नम्ब २ का अध्यक्ष पूर्ण बहादु श्रेष्ठ, नेवाः पत्रकार दबूका राष्ट्रिय उपाध्यक्ष सन्दीप श्रेष्ठ ,तामाङ्ग पत्रकार संघका केन्द्रिय सचिव उर्गेन तामाङ्ग, तामाङ्ग पत्रकार संघ, चितवन का अध्यक्ष बबिलाल तामाङ्ग लगायतको सहभागिता रहेको थियो । नेवाः सदस्य अनुज जोशीको संयोजनमा भएको औपचारिक कार्यक्रममा कमलमान श्रेष्ठको अध्यक्षमा भएको हो ।