चितवन । क्षेत्रपुरको नारायणी सामाजिक विकास समितिको अध्यक्षमा सुष्मा पीया चयन भएकी छन् । समितिको दसौं साधरणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिमा निर्वर्तमान अध्यक्ष गौरी खड्का, उपाध्यक्षमा कविता श्रेष्ठ, सचिवमा सरोजा ध्योजु, कोषाध्यक्षमा इन्दु श्रेष्ठ, सहसचिवमा रमा श्रेष्ठ चयन भएका छन् सदस्यहरुमा ज्योति प्रधान, शर्मिला श्रेष्ठ, गोमा प्रधान, शिला पराजुली, अञ्जनी श्रेष्ठ चयन भएका छन् । नयाँ कार्यसमितिलाई आजै पदहस्तान्तरण गरिएको छ । समिति रक्तदान, विपन्न वस्तीमा राहत वितरण, वृक्षारोपण, सरसफाइ लगायतका सामाजिक कार्यमा सक्रिय छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु