चितवन । कृतिम यौनाङ्गबाट आफ्नो यौन चाहना, तृष्णा र कुण्ठा मेटाउन भरतपुरमा ‘सेक्स टोयज सप ’ सञ्चालनमा आएको छ । मानिसहरुको जीवनशैलीसंँगै यौन ईच्छा चाहना परिपूर्ती गर्ने हेतुले सेक्स टोयज पसल सञ्चालनमा ल्याईएको हो ।
चितवनमा बढ्दो शहरी संँगै र पछिल्लो समय सेक्स टोयजको आवश्यकता र माग बढेकोले आफूले यसप्रकारको पसल सञ्चालनमा ल्याईएको सञ्चालक आशिश लामाले बताए ।
“हाम्रो उद्धेश्य व्यवसाय गर्नुमात्र होइन , सेवाग्राहीको आवश्यकता पनि पुरा गर्नु हो, लामाले भने, यसले समाजमा यौन हिंसा तथा विकृति कम गर्न पनि मदत पुग्छ ।” मानिसका विभिन्न यौन चाहना र विपरीत लिंग प्रतिको आकर्षण प्राकृतिक विशेषता र मानव जीवनमा यौनसम्पर्क आवश्यक पर्ने भएकोले पनि आफूले सेक्स टोयज सप सञ्चालनमा ल्याएको लामाको भनाई छ ।
पसलमा हाल सबै उमेरसमुह, महिला तथा पुरुषलाई हुने विभिन्न साइज आकारका योनाङ्ग, डमी , कण्डम, भाइब्रेटिङ डिल्डो, ब्रेष्ट इन्लार्जिङ्ग लगायतका कृतिम यौनाङ्ग राखिएका छन ।
बिशेषगरी आफ्ना यौनसाथी नभएका व्यक्तिहरुलाई लक्षित गरी एकहजार पांँचसय देखि २२ हजार मुल्यका सेक्स टोयजका बिक्री सेवा शुरु गरिएको लामाले बताए । ग्राहकको सहजताको लागि अनलाईन बिक्री तथा डेलिभरीको समेत सुविधा दिन थालिएको छ । यसैसाताबाट बिक्री शुरु गरिएको यो पसलबाट ग्राहकबाट राम्रो प्रतिक्रियाका साथै बिक्री बढ्दै गईरहेको उनको भनाई छ ।
अर्का सञ्चालक अंगिरा थापाले यौन सम्बन्धि सचेतना फैलाउन पनि यस्ता साधनले महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै यौन सम्बन्धि नकारात्मक सोच हटाउनका लागि पनि यस्ता साधन प्रयोग गर्न सकिने उनको भनाइ थियो । “समाजमा घट्ने विभिन्न किसिमका घटनाहरु कम गर्न यसले मद्त मिल्छ, उनले भने, क्षणिक आवेगमा आएर गलत कदम लिनु भन्दा यस्ता यौन खेलौना प्रयोग गर्नु उचित हुन्छ ।
आगामी दिनमा सेक्स टोयज शोरुम अन्य ठाउंँमा विस्तार गर्नुका साथै ग्राहकको थप सेवा दिन अलग्गै शोरुमको व्यवस्था गरिने थापाले बताए ।