चितवन। चितवनकै दोस्रो ठूलो महोत्सव मानिने रत्ननगर महोत्सव २०७८ को ११ औँ संस्करण पौष २७ देखि माघ ८ गतेसम्म हुने भएको छ। रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २७ देखि माघ ८ गते सम्म रत्नगरको टिकौलीचौरम हुने भएको हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने मुख्य उद्धेश्यसहित महोत्सव गर्न लागिएको आज उवासंघ, रत्ननगरले सौराहामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै उवासंघ, रत्ननगरका अध्यक्ष अनिल श्रेष्ठले उद्योग, व्यापार, कृषि, पर्यटनको प्रर्वद्धन गर्न र कोभिड पछिको सुस्ताएको हरेक क्षेत्रलाई चलायमान बनाउन महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।
उहांँका अनुसार थप अन्य स्थानीय कला र संस्कृति सहितको स्टल गरि करिब ३५० स्टलहरु रहने छ । महोत्सवामा करिब ३ लाख जनाले १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको मूल आयोजक समिति संयोजक समेत रहेका श्रेष्ठले बताउनु भयो । विगतका बर्षमा जस्तै बालबालिकाहरुका मनोरञ्जनका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ । यस्तै स्थानीय खानाको परिकार तथा पोल्ट्रीको प्रर्वद्धन गर्न महोत्सवको कार्यतालिका अन्तर्गत पौष २९ देखि माघ ३ गते सम्म ५ दिन रत्ननगरको टांँडी बजारमा चिकेन एण्ड एग फूड फेष्टिबल गरिने श्रेष्ठले जानकारी दिनुभयो । फेष्टिबलमा जनजातिहरुको विशेष खाना, मासुका विशेष परिकार हुनेछ । त्यस्तै, यस पटक महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको र विभागिय टोलीको पनि सहभागिता रहने आयोजक समितिले जनाएको छ । पर्यटन प्रचार प्रसार गर्न चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरुको लागि सूचना केन्द्रको व्यवस्था गरिएको छ ।
महोत्सवमा अवलोकनकर्ताको आकर्षण, कला क्षेत्रको प्रर्वद्धन गर्न दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ। जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ।
स्थानीय उत्पादनको प्रर्वद्धन गर्न रत्ननगरमा पुष २७ देखि माघ ८ सम्म ‘रत्ननगर महोत्सव’
स्थानीय उत्पादनको प्रर्वद्धन गर्न रत्ननगरमा पुष २७ देखि माघ ८ सम्म ‘रत्ननगर महोत्सव’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु