चितवन । ग्राण्ड मल्टी इन्टरटेनमेन्ट हाउसको आयोजनामा भएको चितवन स्टार खुला नाच प्रतियोगिता (सिजन २)को उपाधी पुजन कोइरालाले प्राप्त गरेका छन् । शनिबार राति सम्पन्न प्रतियोगितामा विजयी भएर कोइरालाले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
प्रतियोगितामा द बेष्ट ब्राइट ग्रु प फष्ट रनर अप भएको छ । ग्रुपले १० हजार रुपैयाँ प्राप्त गरेको छ । सेकेण्ड रनर अप पुजा सुवेदीले पाँच हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
१२ वर्षभन्दा मुनिका बालबालिकाहरु बीच भएको प्रतियोगितामा आकृति मल्ल ठकुरी विजयी भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेकी हुन् ।
जुनियरतर्फ फष्ट रनर अप रोनिकमान श्रेष्ठले छ हजार र सेकेण्ड रनर अप कृष्मा आलेले चार हजार हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मंसिर ११ र १८ गते भएको अडिसनमा ५० जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । फाइनलमा २० जना प्रतियोगी बीच प्रतिस्पर्धा भएको ग्राण्ड मल्टी इन्टरटेनमेन्ट हाउस प्रालिको प्रबन्ध निर्देशक रिता लोहनीले बताइन् ।
युवा व्यवसायी रुबिन रामुदामुको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रतिक्रिया दिदै रामुदामुले यस्ता प्रतियोगिताले बालबालिकाको रचनात्मक तथा सिर्जनशील क्षमता बृद्धि हुने बताए । ‘अध्ययनको साथै यस्ता अतिरित्त क्रियाकलापले बालबालिकालाई आत्मविश्वास र उर्जा पनि प्राप्त हुन्छ ।’ युवाउद्यमी रामुदामुले भने । अध्ययनको अतिरिक्त यस्ता प्रतियोगिताले बालबालिकाको लागि थप आत्मबल र आत्मविश्वास बढ्ने रामुदामुले बताए । यस्ता नेतृत्व र व्यत्तित्व विकासका कार्यक्रमलाई प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो । प्रतियोगिताको ग्राण्ड फिनालेमा राकेशमान श्रेष्ठ, सुजन श्रेष्ठ, सुप्रिना श्रेष्ठ र गोकर्ण बोमजन निर्णायक भूमिकामा रहेका थिए ।