चितवन । चितवनको राजनीति इतिहासमै पहिलोपटक नेपाली कांँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित दिनेश कोइरालाले अब आउने तीनतहको निर्वाचनमा कुनैपनि दलसंँग गठबन्धन नहुने बताएका छन ।
आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उनले कसैको व्यक्तिगत स्वार्थको लागि गठबन्धन नहुने ठोकुवा गरेका हुन् । ‘मैले त्यो स्थानीय निर्वाचनमा गरेको अन्याय र पीडा बिर्सेको छैन उनले भने, कुनै व्यत्तिबिशेषलाई जिताउन र हराउन गठबन्धन हुदैन ।’ तालमेल र गठबन्धन व्यक्ति र कुनै बिशेष पार्टीको लागि नभई राष्ट्रको लागि हुनुपर्ने उनको तर्क थियो ।
अन्तरपार्टीबीच समझदारी सहकार्य भएपनि कांँग्रेसको मनोबल गिराउन कुनैपनि दलसंँग गठबन्धन नहुने उनले बताए । आफूले मेयर फिर्ता गर्दा आफूलाई भन्दा पार्टीलाई ठूलो असर परेको उनको भनाई थियो ।
आफ्नो जित समग्र चितवनवासीको जित भएको भन्दै कोइरालाले जिल्लामा रो्किएको अधिवेशन सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्ने उनले बताए । ‘सबै अग्रज र पार्टीका नेता र कार्यकर्ताबीच सल्लाह गछौ उनले भने, सकेसम्म सर्वसम्मत गर्छौ यदि भएन भने लोकतान्त्रिक पद्धतिमा अनुसार निर्वाचनमा जान्छौं ।’ अहिले १४ औं महाधिवेशनमा युवा र पाकाहरुको समिश्रण भएकोले दुबै पक्षलाई मिलाएर जानको लागि आफ्नो भूमिका रहने उनको भनाई थियो ।
नवनिर्वाचित केन्द्रिय सदस्य दिनेशले दिए माओवादीलाई दनक: मलाई दिएको पीडा भुलेको छैन कुनैपनि हालतमा गठबन्धन हुँदैन
नवनिर्वाचित केन्द्रिय सदस्य दिनेशले दिए माओवादीलाई दनक: मलाई दिएको पीडा भुलेको छैन कुनैपनि हालतमा गठबन्धन हुँदैन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु