चितवन ं । भरतपुर विमानस्थलबाट काठमाडौं उडेको बुद्ध एयरको १८ सिटे जहाज पुन भरतपुर विमानस्थलमै आकस्मिक अवतरण गरेको छ । आज अपरान्ह १ बजेर १६ मिनेटमा उडेको बुद्धएयरको बीच क्राप्ट जहाज केही माइल टाढा नपुग्दै पुनः भरतपुर विमानस्थल फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । जहाजको सिट मुनी धुंँवा निस्केको कारण आकस्मिक अवतरण गराईएको हुन सक्ने आशंका गरिएको छ ।
कार्यालयका सूचना अधिकारी दिपक बिकले बुद्ध एयरको जहाज उड्को केही मिनटमै पुन भरतपुर विमानस्थल अवतरण गरेको जानकारी दिनुभयो । ‘चालकदलले उडेको केही मिनटमै फर्किन्छु भन्नुभयो, हामीले फर्किन अनुमति दियौं ।’ उहांँले भन्नुभयो । के कारणले जहाज फर्काइयो भन्ने बिषयमा खुलाईएको छैन । यसबारेमा प्राविधिक टोलीले अध्ययन अनुसन्धान गरिने बिकले बताउनु भयो ।
उहांँका अनुसार जहाज हाल रनवेमा छ र जहाजलाई पार्किङस्थल तिर ल्याउन लागिएको छ । जहाजका सबै यात्रु सकुशल रहेको उहांँले बताउनु भयो ।
भरतपुरबाट काठमाडौं उडेको बुद्ध एयर केही मिनेटमा आकस्मिक अवतरण ः सिटमा धुंँवा निस्केको आशंका
भरतपुरबाट काठमाडौं उडेको बुद्ध एयर केही मिनेटमा आकस्मिक अवतरण ः सिटमा धुंँवा निस्केको आशंका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु