चितवन । प्राध्यापक डाक्टर सुरेश पाण्डेले ६ बर्ष लगाएर तयार पारेको हाडजोर्नी तथा नशा सम्बन्धी पुस्तकको विमोचन गरिएको छ ।
नेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिकमा अध्ययन अध्यापन गर्न मिल्ने पुस्तक टेक्स्ट बुक अफ अर्थोपेडीक्स भरतपुरमा सोमबार सार्वजनिक गरिएको हो । खेको पुस्तक आज बिमोचन गरिएको हो।
पुस्तकको विमोचन बरिस्ठ अर्थोपेडिक डा.आनन्दप्साद रेग्मी, बरिस्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ र लेखका बुबा पुष्पराज पाण्डे,लेखकका श्रीमती रोश्ना बरालले संयुक्त रुपमा सार्वजनिक गरेका हु्न् ।
विमोचनपछि बोल्दै लेखक प्राडा पाण्डेले नेपाली चिकित्सक क्षेत्रमा अर्थोपेडिक बिषयमा लेखिएको पहिलो किताब भएको दाबी गरे । ६ बर्षको अथक प्रयास पछि पुस्तक प्रकाशन गर्न सफल भएको भन्दै डा पाण्डेले यो पुस्तक अर्थोपेडिक अध्ययन अध्यापन गर्नेहरुका लागि उपयोगी हुने बताए । उनका अनुसार एमबीबीस र यसभन्दा माथिल्लो तहका लागि लक्षित गरी तयार पारिएकोले अर्थोपेडिक बिषयका पाठ्यक्रमलाई सहयोग सिद्ध हुने पाण्डेको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. आनन्द प्रसाद रेग्मीले नेपाल र नेपाल बाहिरका विद्यार्थीहरुलाई समेत यो पुस्तक उपयोगी हुने बताए । चिकित्सकले आफ्नो चिकित्सा कर्मसंँगै लेखन कार्यालयलाई उपनि उक्तिकै जोड दिनुपर्ने डा रेग्मीको भनाई थियो । जसले गर्दा यस बिषयमा आकर्षण बढ्ने र अनुसन्धान गर्ने थप प्रेरणा मिल्ने रेग्मीले बताए ।
सो अवसरमा बोल्दै डा भक्तमान श्रेष्ठले चितवन चिकित्सकको क्षेत्रमा समेत अव्वल रहेको भन्दै आएकोमा पुस्तक प्रकाशनले थप उचाई प्राप्त गरेको बताए । आफूले लामो समय चिकित्सा क्षेत्रमा काम गर्दै आएपनि पुस्तक निकाल्न नसकेको भन्दै पाण्डेको पुस्तकले आफूलाई लेख्न घचघच्याएको उनको भनाई थियो ।
१५ वर्ष भन्दा वढी अनवरत सेवामा रहेका डा।पाण्डेले एमवीवीएस र एमएस अर्थोपेडीक्सको पढाईलाई केन्द्रित गरी नेपालका सबै स्वास्थ्य क्षेत्रका विश्वविद्यालयहरुको पाठ्यक्रमलाई आधार बनाएर तयार गरिएको जानकारी दिए ।
३१८ पेजको पुस्तक समिक्षा पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । लेखक डा.पाण्डको अनुसार अहिले तत्काल नेपाल र सार्क देशहरुका मेडिकल कलेजहरुमा पुस्तक पुर्याउने योजना छ । अहिले १ हजार प्रति पुस्तक प्रकाशीत छ । मूल्य रु। १४ सय रुपैयाँ भएपनि छुट सहित रु। ११ सय मा विक्रि भइरहेको जानकारी दिए ।
सुनसरिमा जन्मिएका पाण्डेले विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट आफ्नो अध्ययन पुरा गरेका थिए । नेपालभर रहेका १९ वटा मेडिकल कलेजमा यो पुस्तक पढाइ हुनेमा आफू आशावादी रहेको उनको भनाई छ । पुस्तकमा अर्थोपेडिक अर्थात हाड जोर्नी तथा नशा रोगसँग सम्वन्धीत तस्विरहरु समेत राखेर प्रकाशन गरिएको छ ।