मंसीर २४,चितवन । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको सदस्य पदमा गोपाल भट्टटराई निर्वाचित भएका छन । बिहीबार भएको निर्वाचनमा उनी करण चौधरीको प्यानलबाट सदस्य पदमा निर्वाचित भएका हुन् । अध्यक्षमा भने ध्रुब थापा विजयी भएका छन् । थापा एक हजार ४१३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३४७ मत पाएका थिए ।
नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए ।
थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् ।
चौधरी पक्षबाट भट्टराई लगायत राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल विजयी भएका हुन् ।
को हुन गोपाल भट्टराई ?
सानैदेखि मिलनसार , भद्र स्वभावका गोपाल भट्टराई चितवनको अटोमोबाइल क्षेत्रमा स्थापित तथा चर्चित नाम हो । पुख्र्योली पेशाबाटनै आफूलाई अभ्यस्त बनाउंँदै आएका भट्टराई अटोमोबाईल व्यसायमा आशालाग्दा र उर्जाशील युवा व्यवसायी हुन् । नेपालमा अटोमोबाइल व्यवसायबाट पनि सफल र उदाहरणीय काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेका भट्टराई शालीन र सहयोगी व्यवसायीका रुपमा चिनिएका उनले चितवनमा आफ्नो परिचयलाई थप फराकिलो बनाउंँदै गएका छन । व्यवसायमा सफल साथै व्यवसायीहरुको मन जित्न सफल उनी सिप्रदी ट्रेडिङ्गको आधिकारिक डिलर्सको रुपमा सञ्चालन हुंँदै सफल मोटर्सका प्रबन्ध निर्देशक हुन् । यस व्यवसायमा उनको योगदान, इतिहास र अनुभवको लामो फेहरिस्तनै छ ।
२०५४ सालमा भट्टराई चितवन अटोमेकानिकल व्यवसायी संघको कोषाध्यक्ष , त्यस पछि सोही संस्थाको २ कार्यकालसम्म अध्यक्ष भएका थिए । उनी २०६९ सालबाट स्थापित उनकै नेतृत्वमा अटोमेकानिक बचत तथा ऋण सहकारीको उनी अध्यक्ष भएर आफ्नो सफल जिम्मेवारी पुरा गरिसकेका छन् ।
हाल उनी अटो मोबाईल मेकानिक्स संघको केन्द्रीय उपाध्यक्ष र चेम्बर अफ कमर्स , चितवनको उपाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्दै आएका छन् । भट्राई अटोमोबाइल क्षेत्रमा सदस्य पदमा उम्मेद्वारी दिने एक मात्र उम्मेद्वार को रुपमा चुनावी मैदानमा होमिएका थिए । उनी आफ्नो व्यवसायिक यात्रामा मात्र सफल छैनन , सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन । त्यसैले पनि उनको समाजमा उनको उत्तिकै भरोसा र विश्वास बढ्दै गएको छ ।
उनी नारायणगढ जेसीजको बर्ष २०१६ को उनी अध्यक्ष एवं विभिन्न सामाजिक संघसंस्थाका विभिन्न पद तथा जिम्मेवार तहमा रहेर समाजसेवामा समेत अग्रसर हुंँदै आएका छन् । उनले केहीबर्षदेखि सिप्रदी सहायता संस्था मार्फत ३५ जना चेपाङको पढाइमा आर्थिक तथा रचनात्मक सहयोग पुर्याउंँदै आएका छन । ‘नाडाको गरिमा व्यवसायीको साथ बलियो संगठन अटुट विश्वास’ भन्ने मुल एजेण्डा सहित निर्वाचनमा होमिएका थिए । उनले आफू सदस्यमा निर्वाचित भएसंँगै यस क्षेत्रमा भएका समस्या तथा चुनौतिलाई समाधान गर्दै आम व्यवसायिको प्रतिनिधित्व हुने गरी आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।