चितवन । पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा चितवन र नवलपुका दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज बिहिबार एकैदिन उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको हो । कार्यालयकी फोकल पर्सन गीताञ्जली ढकालले उपचारको क्रममा ती दुई महिलाको भरतपुर अस्पतालमा मृत्यु भएका जानकारी दिइन् । ती मध्ये एकजना चितवन खैरहनी नगरपालिकाकी ४९ बर्षीय र नवलपुर कावासोतीकी ४२ बर्षीय महिला हुन् । ढकालका अनुसार कावासोतीकी ती महिला मध्यविन्दु अस्पतालमा उपचार गरी २१ गते भरतपुर अस्पताल आएकी थिइन् भने खैरहनीकी महिला मंसीर १५ गते भरतपुर अस्पताल भर्ना भएको र उनको १६ गते कोरोना पोजेटिभ देखिएको थियो ।
योसँगै कोरोनाका कारण मुत्यु हुनेको संख्या चितवनमा ४३४ पुगेको छ । त्यस्तै आज कोरोनाबाट १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् ४ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।
भरतपुर अस्पतालमा नवलपुर र चितवनका दुई कोरोना संक्रमितको मृत्यु
भरतपुर अस्पतालमा नवलपुर र चितवनका दुई कोरोना संक्रमितको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु