चितवन । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल(नाडा)को आसन्न निर्वाचनका लागि चितवनका स्थापित अटोमोबाइल व्यवसायी गोपाल भट्टराईले सदस्य पदमा उमेदवारी दिएका छन । झण्डै तीन दशक अघिदेखि यस व्यवसायलाई अघि बढाउंँदै आएका भट्टराइले करण चौधरीको प्यानलबाट केन्द्रिय कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएका हुन् । उम्मेदवारी घोषणा गर्दै भट्टराईले यस पेशा र व्यवसायको व्यवसायिककरण, हक र हितको लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मेरो यस व्यवसायको लामो अनुभव र व्यवसायी साथीहरुको माया सद्भावले सदस्यमा उम्मेद्वारी दिएको हुंँ, उनले भने, आशा छ उहांँहरुको अमुल्य मत बाट केन्द्रीय सदस्यको रुपमा काम गर्ने अवसर पाउने छु ।’ नाडाको केन्द्रीय अधिवेशन आजबाट निर्वाचन प्रक्रिया शुरु हुने र भोलि(बिहिबार) काठमाडौंमा निर्वाचन हुंँदैछ । यसका लागि १७ जना निर्वाचित पदाधिकारी तथा सदस्य र प्रत्येक प्रदेशबाट एक ÷एक जना गरी ७ जना केन्द्रीय समितिमा रहनेछन् ।
को हुन त गोपाल भट्टराई ?
सानैदेखि मिलनसार , भद्र स्वभावका गोपाल भट्टराई चितवनको अटोमोबाइल क्षेत्रमा स्थापित तथा चर्चित नाम हो । पुख्र्योली पेशाबाटनै आफूलाई अभ्यस्त बनाउंँदै आएका भट्टराई अटोमोबाईल व्यसायमा आशालाग्दा र उर्जाशील युवा व्यवसायी हुन् । नेपालमा अटोमोबाइल व्यवसायबाट पनि सफल र उदाहरणीय काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेका भट्टराई शालीन र सहयोगी व्यवसायीका रुपमा चिनिएका उनले चितवनमा आफ्नो परिचयलाई थप फराकिलो बनाउंँदै गएका छन । व्यवसायमा सफल साथै व्यवसायीहरुको मन जित्न सफल उनी चितवन र नवलपरासीमा रहेको सिप्रदी ट्रेडर्सको आधिकारिक डिलर्सको रुपमा सञ्चालन हुंँदै आएको सफल मोटर्सका प्रबन्ध निर्देशक हुन् । यस व्यवसायमा उनको योगदान, इतिहास र अनुभवको लामो फेहरिस्तनै छ ।
२०५४ सालमा भट्टराई चितवन अटोमेकानिकल व्यवसायी संघको कोषाध्यक्ष , त्यस पछि सोही संस्थाको २ कार्यकालसम्म अध्यक्ष भएका थिए । उनी २०६९ सालबाट स्थापित उनकै नेतृत्वमा अटोमेकानिक बचत तथा ऋण सहकारीको उनी अध्यक्ष भएर आफ्नो सफल जिम्मेवारी पुरा गरिसकेका छन् ।
हाल उनी अटो मोबाईल मेकानिक्स संघको केन्द्रीय उपाध्यक्ष र चेम्बर अफ कमर्स , चितवनको उपाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्दै आएका छन् । भट्राई अटोमोबाइल क्षेत्रमा सदस्य पदमा उम्मेद्वारी दिने एक मात्र उम्मेद्वार हुन् । उनी आफ्नो व्यवसायिक यात्रामा मात्र सफल छैनन , सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन । त्यसैले पनि उनको समाजमा उनको उत्तिकै भरोसा र विश्वास बढ्दै गएको छ ।
उनी नारायणगढ जेसीजको बर्ष २०१६ को उनी अध्यक्ष एवं विभिन्न सामाजिक संघसंस्थाका विभिन्न पद तथा जिम्मेवार तहमा रहेर समाजसेवामा समेत अग्रसर हुंँदै आएका छन् । उनले केहीबर्षदेखि सिप्रदी सहायता संस्था मार्फत ३५ जना चेपाङको पढाइमा आर्थिक तथा रचनात्मक सहयोग पुर्याउंँदै आएका छन । ‘नाडाको गरिमा व्यवसायीको साथ बलियो संगठन अटुट विश्वास’ भन्ने मुल एजेण्डा सहित निर्वाचनमा होमिएका उनले आफू सदस्यमा निर्वाचित भए , यस क्षेत्रमा भएका समस्या तथा चुनौतिलाई समाधान गर्दै आम व्यवसायिको प्रतिनिधित्व हुने गरी आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्छन ।