दाङ । तुलसीपुर उपमहानगरपालिका–१२, उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चारजनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । वि.सं २०७६ असार २८ गते उरहरिमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरूमाथि अभियोग लागेको थियो ।
सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ । रासस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु