चितवन । नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस १४औँ महाधिवेशनको संघारमा छ । सबैलाई जोड्ने काँग्रेसभित्र धेरै नेता, कार्यकर्ता र शुभचिन्तक जोडिएका छन् । जिल्ला नेतृत्वका लागि थुप्रै आकांक्षी देखिएका छन् चितवनमा पनि । जिल्ला कार्य समितिका लागि मतदान गर्न चितवनमा करिब ३ हजार जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।
क्षेत्रीय प्रतिनिधि चुनिएकाहरुमध्ये केहीले आफूलाई महाधिवेशन प्रतिनिधिको आकांक्षी पनि बनाएका छन् । यस्तै आकांक्षीमध्ये एक हुन्, भरतपुर निवासी तिलकराज कँडेल । उनी नेपाली काँग्रेस १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि खस–आर्यतर्फको उम्मेदवार हुन् । नेपाली काँग्रेस पार्टीलाई विगतदेखि नै सहयोग गर्दै आएका तर कुनै पनि पदीय जिम्मेवारीमा नरहेका कँडेल यसपटक भने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन कस्सिएर लागेका छन् ।
मंसिर ६ गते महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन हुँदैछ । महाधिवेशन प्रतिनिधि चुनिएकाहरुले नयाँ नेतृत्वका लागि मतदान गर्नेमात्र नभई जिल्ला सभापतिको दाबेदारसमेत बन्न पाउँछन् । एक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले चितवनमा ७५ जना महाधिवेशन प्रतिनिधिमा चयन हुनेछन् । त्यसैले पनि महाधिवेशन प्रतिनिधिको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तोे प्रतिस्पर्धामा किन आउँदैछन् त कँडेल ? उनी भन्छन्, “समाजसेवामा क्रियाशील हुन राजनीतिमा आउने इच्छा भयो ।” अरनिको कलेजका संचालक समिति अध्यक्ष कँडेल काठमाडौँस्थित ग्रिनसिटी अस्पतालको समेत संचालक सदस्य हुन् । उनी लायन्स क्लब अफ वैदिकनगरको सदस्य पनि हुन् ।
भरतपुरको यज्ञपुरी र नारायणगढको पुलचोकमा स–मिल संचालन गर्दै आएका कँडेल भरतपुरका पुराना बासिन्दा हुन् । बालकुमारी माध्यमिक विद्यालयबाट २०४० सालमा एसएलसी दिएका उनले वीरेन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी र ठाकुरराम बहुमुखी क्याम्पस जनकपुरबाट बिएको अध्ययन पूरा गरेका छन् । पार्टीभित्र भलाद्मी छवि बनाएका उनी आफ्नो जितप्रति ढुक्क देखिन्छन् ।
“समाजसेवामा क्रियाशील हुन राजनीतिमा आउने इच्छा भयो”
“समाजसेवामा क्रियाशील हुन राजनीतिमा आउने इच्छा भयो”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु