काठमाडौँ । सरकारले तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरेको छ । तिहार मनाउन काठमाडौँबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलङ्की चोकमा यात्रुहरूलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि यात्रुहरूले उमेर खुल्ने परिचय पत्र देखाउन आवश्यक रहेको शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु