सीएनएन । म्यारिल्यान्डका एक व्यक्तिले दोस्रोपटक २० लाख डलरको लोटरी जितेका छन् । उनले केही वर्ष अगाडि पनि त्यही रकम बराबरको लोटरी पहिलोपटक जितेका छन् ।
सेल्सबेरीका रिटायर कर्मचारीले स्थानीय एक्सोन ग्यास स्टेसनबाट ‘२ मिलियन डलर रिचर स्क्रयाच अफ टिकट’ खरिद गरेका थिए । पहिलो जितमा उनले केबल १०० डलरको उपहार पाएका थिए तर दोस्रो टिकटमा चाहिँ २० लाख डलरको ज्याकपट हात पारेका हुन् ।
त्यसैले उनलाई अत्यन्तै भाग्यशाली भनिएको छ । लोटरीको विजेता भएपनि उनले टिकट एक्सपायर हुने अघिल्लो दिनसम्म त्यसलाई सुरक्षित रुपमा लुकाएर राखेका थिए । उनी भन्छन्, “मलाई धेरै कुराबारे चिन्ता लागिरहेको थियो । जस्तै घरमा आगो लागेर टिकट जल्यो भने जस्ता कुराको डर थियो । र यो वास्तवमै भएको हो होइन भनेर पनि म शंकामा थिएँ । ”
पहिलोपटक जित्दा उनले सबै पैसा रिटायर हुँदाखेरिलाई राख्ने र परिवारलाई छुट्टी मनाउन लैजाने बताएका थिए । अहिले रिटायर भइसकेपछि भने दोस्रोपटक जितेको रकमले उनले फेरि पनि परिवारलाई अर्को ठाउँ घुमाउन लैजाने र घरको मर्मत लगायत सुधारमा खर्च गर्ने बताएका छन् ।
यसमा सबैले आफूलाई अत्यन्तै भाग्यशाली बताइरहेकाबारे राम्ररी जानकार भएको पनि उनले बताए । र यससँगै अन्य लोटरी खेलाडीहरुलाई सुझाव दिएका हुन् । उनले भनेका छन्, “हामी सधैँ व्यवहारिक हुनुपर्छ तर पैसा जित्न मात्र खेल्नु हुँदैन । रमाइलो गर्नका लागि खेल्नुहोस् । अनि जिते पनि हारेपनि तपाईँलाई मज्जा नै आउनेछ । ”
सो लोटरी फेब्रुअरी २५ २०१९ मा सञ्चालन भएको थियो र नोभेम्बर १ २०२१ मा अन्त्य हुनेछ ।