चितवन । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लोकतन्त्र, समावेशी र संघीयताका पक्षधर पत्रकारलाई प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । आफू संचारमैत्री स्वभावको भएको भन्दै उहांँले आफ्नो कार्याकालमा संचारक्षेत्रसंँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो । आज चितवनको सौराहामा आयोजित नेपाल पत्रकार महासंघ, वागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै लोकतन्त्र, समावेशी र संघीयताको पक्षमा कलम चलाउने संचारकर्मीलाई आफूले सक्दो सहयोग गर्ने बताउनु भएको हो । ‘साधनश्रोत कम छ ।तर मेरो कार्यकाला सञ्चारमैत्री भएर चल्छ । कसैलाई पक्षपात हुंँदैन ।उहांँले भन्नुभयो ’ आफू यसअघि मन्त्री हुंँदा पनि पत्रकारको सुख दुःखमा साथ दिएको बताउंँदै उनले राजनीतिक स्थिरता कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । चितवनमा आमसंचार प्रतिष्ठान र हेटौंडामा पत्रकार महासंघको भवनको बनाउने प्रस्ताव आएको बताउंँदै उहांँले यस विषयमा मन्त्रालयमा बसेर छलफल गर्ने बताए । आफूले पत्रकारकारका समस्यालाई नजिकबाट नियालेको भन्दै उनले पत्रकारका समस्यापनि क्रमश हल गर्दै जाने बताउनु भयो ।
सो अवसरमा बोल्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले देश संघीयतामा गएसंँगै पत्रकार महासंघको संरचना पन सोही अनुसार गठन भएको बताउनु भयो । आफूले श्रमीजीविको मुद्धालाई प्राथमिकता राखेको भन्दै उनले संचारसंस्था र पत्रकारबीच न्यायोचित सम्बन्ध स्थापना हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र र पत्रकारिता जोडिएको बिषय भएको भन्दै आवाजबिहीन नागरिकको आवाजलाई मुखरित गर्नु पत्रकारिकताको मुल मर्म रहेको उहांँले बताउनु भयो । पत्रकारितामा विकृति बढ्दै गएको भन्दै उनले जिल्लाबाट सदस्यता शुद्धीकरण शुरु गर्दै जानुपर्ने उहांँको भनाई थियो । यसका लागि महासंघले साथ दिने उहांँले बताउनु भयो ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपधाध्यक्ष दिपक आचार्यले पत्रकारिता क्षेत्रलाई राजनीतिक दलहरुलेनै धमिल्याएको बताउनु भयो । लोकतन्त्रमा पत्रकारले आफ्नो अधिकारको लडाई गर्नुपर्ने उहांँको भनाई छ । चितवनमा आमसञ्चार प्रतिष्ठानको लागि जग्गा मिलिसकेकोले यसका लागि पहल गर्न पनि आग्रह गर्नुभयो । पत्रकारितामा भएका विकृति र विसंगतीलाइए पनि सुधारदै लगिनुपर्नेमा जोड दिनुभयो । सम्मलेन तीनबर्षे कार्ययोजना सहित भोलि आईतबार समापन हुनेछ ।