पटिहानी । विजयादशमी, दिपावली, छठ लगायतका पर्वको अवसरमा शनिबार पटिहानीमा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ। राप्ती तटीय क्षेत्र सरसफाई अभियान को आयोजनामा र वेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह को समन्वयमा उक्त कार्यक्रम गरिएको हो। सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा हालै सरुवा भएर आएका प्रमुख संरक्षण अधिकृत श्री हरि भद्र आचार्य लाई स्वागत गरिएको थियो।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत आचार्यले नयाँ स्थानमा सम्मान र सत्कार प्राप्त भएकोमा आभार प्रकट गरे।
प्रमुख संरक्षण अधिकृत आचार्य ले सरसफाई अभियान ले समाज रुपान्तरण र परिवर्तन गर्न सन्देश दिने बताए । यस अभियानले वन्यजन्तु सुरक्षित भएर बाँच्न मद्दत पुग्नेमा विश्वास लिएको भन्दै अभियानको निरन्तरताको लागि समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । राप्ती नदी सम्म विभिन्न माध्यमबाट विषाक्त पदार्थ मिसावट भएको र जलचर प्राणी लाई असर परेको, वन्यजन्तु को पिउने र नुहाउने पानीको गुणस्तर घटेको ले समस्या बढ्दै गएकोमा उनले चिन्ता प्रकट गरे ।
संरक्षण र मानव वन्यजन्तुको सह अस्तित्व का लागि स्थानीय र प्रशासन बीच हतोमालो गर्दै अघि बढ्न सँधै आवश्यक रहेको कार्यक्रमका अन्य सहभागीले बताए । आजको आवश्यकता पर्यापर्यटन को प्रवद्र्धनको रहेकाले प्रकृति प्रदत्त सम्पत्तिको संरक्षण र पूर्वाधार विकास संगै जानु पर्नेमा सहभागीले जोड दिए ।
कार्यक्रममा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो ,पटिहानी पर्यटन समिति का अध्यक्ष शंकर थपलिया, सामुदायिक वन का पूर्व अध्यक्ष एवं सल्लाहकार टेकनाथ तिमिल्सिना, माध्यमिक विद्यालय गंगानगरका अध्यक्ष सुदिप सुबेदी, शोभाखर स्मृति टोल विकास समितिका अध्यक्ष माधव पौडेल,लगायतले मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए। बेलशहर मध्यवर्ती सामुदायिक वन का अध्यक्ष चेत बहादुर रानाभाट ले पटिहानी उपभोक्ता समिति, सामुदायिक वन र राप्ती तटीय सरसफाई अभियान को नियमित सरसफाई ले स्थानीय मा संरक्षण को चतना बढेको भन्दै कार्यक्रमको औचित्य पुष्टि पारेका थिए। राप्ती तटीय क्षेत्र सरसफाई अभियान का संयोजक तथा कार्यक्रमका सभापति अपिल घिमिरेले नवनियुक्त संरक्षण अधिकृत आचार्य लाई स्वागत गर्दै संरक्षण कार्यमा सँगै रहने बताए । कार्यक्रममा अतिथि हरुलाई सामुदायिक वनका उपाध्यक्ष नवराज सुवेदीले स्वागत गरेका थिए भने सचिव गिरिधारी पौडेलले कार्यक्रम सन्चालन गरेका थिए।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज का सहायक संरक्षण अधिकृत सरोज मणि पौडेल, तात्कालिन गा वि स अध्यक्ष मधुसुधन सापकोटा, पटिहानी उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार लगाएतको उपस्थिति रहेको थियो। आजै प्रमुख अतिथि प्रमुख संरक्षण अधिकृत हरि भद्र आचार्यले बेलशहर मध्यवर्ती सामुदायिक वन का विभिन्न स्थानमा हरुको अवलोकन गरेका थिए।