कात्तिक ५,चितवन । चितवनको गामवेँसी चेपाङ संरक्षण केन्द्रमा आश्रित १५० जना चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग भएको छ । अष्ट्रियामा बस्ने माया मुलर र एलमर मुलरले आवश्यक खाद्यान्न सहयोग गरेका हुन् ।
उनीहरुको आफ्नै सामाजिक संस्था धन्यवाद नेपाल हिल्फेमार्फत सहयोग गरिएको हो । माया लामा (मुलर) को घर चितवनको माडी भए पनि उनीहरु हाल अष्ट्रियामा बस्दै आएका छन् ।
उहाँहरुले चितवनको रत्ननगरस्थित संरक्षक्ष केन्द्रमा पुगेर २० बोरा चामल, ३० किलो दाल, १० किलो लसुन, १८ किलो प्याज, १० किलो आलु, २० किलो मासु, मसलासहितको खाद्यान्न सहयोग गर्नु भएको कार्यक्रमका संयोजक श्रीलाल परियारले जानकारी दिए ।
लायन्स क्लवका डिष्ट्रिक चिफ एड्भाइजर योगेन्द्रनाथ अधिकारी र लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष विक्रम चौधरीको उपस्थितिमा उक्त खाद्यान्न सहयोग हस्तान्तरण गरिएको थियो ।
यसअघि पनि उक्त संरक्षण केन्द्रलगायत नेपालका धेरै असहाय तथा विपन्न परिवारलाई उनीहरुले पटकपटक आर्थिक तथा खाद्यान्न सहयोग गर्दै आएका छन ।
विसं २०७२ को भुकम्प पिडितका लागि समेत उनीहरुले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेका थिए ।
१५० जना चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग
१५० जना चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु