चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित विकास चोकमा बसको ठक्करबाट ८ बर्षीय बालकको मृत्यु भएको घटना पछि आक्रोशित स्थानीयले अवरोध गरेका छन । अवरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले कैयौं सेल अश्रुग्यांँस प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीयले सडकमा अवरोध गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन अश्रु ग्यांँस प्रहार गरिएको जानकारी दिए । ‘बसले ठक्कर दिएपछि स्थानीयले सडक अवरोध गरे, उनले भने, सडक सुचारु र स्थिति सामान्य गर्न बाध्य भएर अश्रु ग्यांँस प्रयोग गर्नुपर्यो ।’ हालसम्म कति सेल अश्रु ग्यांँस प्रयोग गरियो भन्ने प्रहरीले बताएको छैन । प्रहरीले घरघरमा समेत अश्रु ग्यांँस प्रयोग गरेर आतंकित बनाएको स्थानीयले बताएका छन । ‘अहिले लगभग स्थिति नियन्त्रणमा आएको छ के कति सेल अश्रुग्यांँस प्रयोग भयो अफिस फर्केपछि थाहा हुन्छ ।’ प्रमुख अधिकारीले भने । भोलि पीडित र पीडक पक्षबीच कार्यालयमा वार्ता गरी दोषीलाई कारवाही गरिने उनले बताए ।
भरतपुर महानगरपालिका ७ विकासचोकमा आज दिउँसो साढे तीन बजे चौबिसकोठीबाट पटिहानी तर्फ जांदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसले ठक्कर दिँदा भरतपुर महानगरपालिका वडा नम्बर ७ का ८ वर्षिय मिलन भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनाबाट टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका लागि भरतपुर अस्पताल पुर्याइएका बालकलाई अस्पतालले मृत घोषणा गरेको हो । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले गाडी तोडफोड र सडक अवरोध गरेको भन्दै प्रहरीले अश्रु ग्यांँस प्रयोग गरेको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
बालक मृत्यु घटना: स्थानीय आक्रोशित, स्थिति नियन्त्रण बाहिर, प्रहरीद्धारा अश्रुग्यांँस प्रहार
बालक मृत्यु घटना: स्थानीय आक्रोशित, स्थिति नियन्त्रण बाहिर, प्रहरीद्धारा अश्रुग्यांँस प्रहार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु