चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीजि क्षेत्रको सहकार्यमा मात्र दशले समृद्धि प्राप्त गर्ने बताएका छन । आज चितवन उद्योगसंघको ३० औं बार्षिक साधारण सभा एवम १६ औं अधिवेशनको उद्ध्घाटन गर्दै औद्योगिक नीतिको लागि पार्टी र सरकार दुबैको सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
चितवन उद्योग संघले पीपीपी मोडलको अवधारणाको उदाहरण पेश गरेको भन्दै चितवन प्रर्दशनी केन्द्र निर्माण सम्पन्न गर्नको लागि पांँच करोड स्वीकृत बजेट ल्याउन लागिएको बताए । चितवनमा राष्ट्रिय गौरवका आयोजना निर्माण हुदै गएको भन्दै यसअघि अलपत्र भएका योजनालाई यो सरकारले सुचारु गर्ने बताए । ‘अब देश आर्थिक र औद्योगिक मोडलमा अघि बढ्छ प्रचण्डले भने,यसको लागि राजनीति संङ्गलिनुपर्छ ।’
कृषिमा आधारित उत्पादन तथा उद्योगलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले यसले मात्र आयात प्रतिस्थापन गर्न मदत पुग्ने र देश समृद्धिमा जान सक्ने उनको भनाई छ । समृद्धिको लागि आर्थिक नीति राम्रो हुनुपर्ने भएपनि राजनीतिनै मुख्य नीति भएकोले राजनीति संङ्गलिनु पर्ने उनको भनाई थियो । ‘हिजोबाट दुर्घटना ट्रयो, उनले भने, पूर्व अवधिका निर्माणधीन काम पुरा हुन्छ । समय आएपछि निर्वाचन हुन्छ ।’ उनले भने ।