पटिहानी, २२ असोज – पर्यटकीय नगरी पटिहानीको धनौजी बजारमा अत्याधुनिक फेसन सहितको फेन्सी शोरुम संचालनमा आएको छ।
उक्त फेन्सी शोरुमको भाद्र २३ गते औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । विगत १४ वर्ष देखि स्टेसनरी र कस्मेटिक सेवा प्रदान गर्दै आएको उक्त स्थानमा थप विस्तार गर्दै आधुनिक रेडिमेड कपडाहरुको पनि सेवा दिन थालिएको संचालक सरस्वती घिमिरेले बताउनुभयो। उहांँका अनुसार यहांँ विशेष गरी लेडिज ,जेन्ट्स र वच्चा का आधुनिक र गुणस्तरीय कपडा हरु उपलब्ध छन ।
सस्तो, राम्रो उच्च गुणस्तरीय कपडाको लागि नारायणगढ लगायत अन्य शहरमा जानु नपर्ने उहांँको भनाई छ । ‘अब चितवनको मुख्य बजारमा पाइने नयांँ डिजाइन र गुणस्तरीय कपडाको लागि कतै जानुपर्दैन उहांँले भन्नुभयो, ग्राहकले रोजेको खोजेको कपडा सुपथ मुल्यमा आफ्नै घरआंँगनमै पाउनुहुन्छ ।’
शोरुम विस्तारसँग ग्राहकहरुको यस शोरुममा आकर्षण र चाप बढ्दै गएको उहांँले बताउनुभयो। फेन्सी सञ्चालनमा आएसंँगै चाडवाडको अवसर पारेर बिशेष छुटका साथ कपडाहरु बिक्री भईरहेको उहांँले जानकारी दिनुभयो । फेन्सी संगै असल स्टेसनरी,स्पोर्ट्स,गिफ्ट्स,ब्रान्डेड जुत्ता,झोला ,चप्पल हरुको विक्री केन्द्र को रुपमा स्थापित भैसकेको यो शोरुम ए एण्ड एस ग्रुप द्वारा संचालित छ।