चितवन, २२ असोज – टाईगर युवा क्लब भरतपुर ७ ले सेभेन ए साइड फुटबलको उपाधि हात पारेको छ । टाईगर फाइनल खेलमा हानामी एभरेष्ट युवा क्लबलाई २-१ ले पराजित गरेको हो ।
टाईगरको जितमा बिक्की चाम्लिङ र अभिषेक चापागाईले गोल गरे । एभरेष्टका सुधिर श्रेष्ठले एक गोल फर्काए । टाईगरका अभिषेक फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । बिजेता टाईगर क्लबले ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । उपबिजेता बनेको एभरेष्टले २५ हजार रुपैयाँ चित्ता बुझाएको छ ।
आयोजक टाईगरका बिक्की चाम्लिङ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । एभरेष्टका आशिश गजुरेल सर्वाधिक गोल कर्ता बने । उनले प्रतियोगिताभर ६ गोल गरे । यस्तै टाईगरका रविन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरुलाई भरतपुर ५ का वडाध्यक्ष पदमपाणी सुवेदीले पुरस्कार प्रदान गरे ।
फाइनल खेल अघि सोमबार निधन भएका पूर्वफिफा रेफ्री तथा रेफ्री एसोसिएसन नेपालका महासचिव लव खत्रीप्रति श्रद्धान्जली व्यक्त गरिएको थियो ।