काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा मुम्बईले राजस्थान रोयल्समाथि ८ विकेटको जित निकालेको हो ।
सारझाँ क्रिकेट स्टेडियममा राजस्थान रोयल्सले दिएको ९१ रनको सामान्य लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर ९४ रन बनायो ।
मुम्बईका लागि इशन किसनले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै रोहित शर्माले २२ रन बनाउँदा सुर्यकुमार यादवले १३ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि मुस्तफिजुर रहमान र चेतन साकारियाले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनायो ।
राजस्थानका लागि इभिन लुइसले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै डेभिड भिलरले १५ रन बनाउँदा राहुल तेवातिया र यजश्वी जैसवालले समान १२–१२ रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि नाथान कट्रेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै जिम्मी निसमले ३ विकेट लिँदा जस्प्रित बुम्राहले दुई विकेट लिए ।
जितसँगै लिगमा १२ खेल खेलेको मुम्बई १२ अङ्कका सथा तालिकाको पाँचौँ स्थानमा छ । १० अङ्क भएको राजस्थान तालिकाको सातौँ स्थानमा छ ।