दाङ । डिभिजन वन कार्यालय दाङले चितुवा र बाघबाट बच्न सतर्क हुन आग्रह गरेको छ । रातको समयमा बाँके निकुञ्ज र दाङको सीमाक्षेत्रका आसपासमा चितुवा र बाघको समूह राजमार्गमा देखिएकाले डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले सतर्कता अपनाउन आग्रह गरेको हो ।
आइतवार बेलुकी लमही नगरपालिका वडा नम्बर ९ रिहारदेखि करिब ७र८ किलोमिटर अमिलियातर्फ पूर्वपश्चिम महेन्द्र राजमार्गमा चितुवा र बाघको समूह देखा परेको छ ।
स्थानीयले उक्त क्षेत्रमा वन्यजन्तु देखेपछि डिभिजन वन कार्यालय लमहीलाई खबर गरेका थिए । वन कार्यालयले उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग, र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडडुल तथा आवतजावत नगर्न वन कार्यालय लमहीले आग्रह समेत गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु