भरतपुर । भरतपुर अस्पतालले आजदेखि विरामीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै आजबाट जनरल ओपिडी सेवा शुरु गरेको छ । अस्पतालले आज (असोज १८ गते) बाट बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि सेवा शुरु गरेको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले आजबाट जनरल ओपिडी सेवा शुरु गरिएको जानकारी दिए । जनरल ओपीडीमा विरामीले आफ्नो समस्या बताएपछि सम्बन्धित विषय विज्ञ चिकित्सक समक्ष रिफर गरिन्छ । यस अघि ओपीडी मार्फत सेवा दिंँदा बिरामीहरुको बढी चाप र अन्योलको अवस्था सिर्जना हुंँदै आएको थियो ।
मेसु पौडेलले पहिले देखि नियमित गरिएको ओपडि सेवा संँगै आज देखि जीओपीडी सेवा सञ्चालन गरिएको जानकारी दिए । एक त सेवा थप भयो । अर्कोकुरा विरामीले सम्बन्धित रोगको डाक्टरसंँग सिधै भेट हुने भयो ,उनले भने, आजबाट ओपिड सेवा तीनठाउंँबाट ओपिडी सेवा शुरु भएको छ ।’ जसले गर्दा समयको बचत , छिटो सेवा र चाप कम हुनुका साथै सेवामा गुणस्तरियता बढ्ने उनको भनाई छ । आजबाट दक्ष जनशक्ति र मेडिकल अफिसर सहितको टोलीले चेकजांँच शुरु भईरहेको उनले जानकारी दिए । ‘यसबाट सामान्य विरामीले उत्तिखेरै सेवा लिएर जान्छन उनले भने, गम्भिर विरामीले थप गुणस्तरीय सेवा पाउंँछन ।’
नेपालका केही अस्पतालमा पनि लागू भए पनि भरतपुर अस्पतालमा आजदेखि यो सेवा शुरु गर्न लागिएको हो । भरतपुर अस्पतालमा टिकट काट्न र ओपिडी परीक्षण गर्न लामो समय पर्खुपर्ने गुनासो आईरहेको समयमा अस्पतालले सेवा विस्तार गरेको हो । डा. पौडेलका अनुसार छिट्टै अनलाईनबाट ओपिडि टिकट काट्ने व्यवस्था गरिने भएको छ ।
भरतपुर अस्पतालमा विदेशको जस्तै उपचार अभ्यास: आजदेखि जनरल ओपिडी आजदेखि शुरु
भरतपुर अस्पतालमा विदेशको जस्तै उपचार अभ्यास: आजदेखि जनरल ओपिडी आजदेखि शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु