हलिउड । हालै बुबाको ‘कन्जर्भेटोरसिप’बाट कानुनी रूपमै मुक्ति पाएकी अमेरिकन गायिका ब्रिट्नी स्पेयस स्वतन्त्रतामा रमाउन थालेकी छन् । हालै न्यायाधीशले उनका बुबालाई कानुनी रूपमा ब्रिट्नीको (कन्जर्भेटोरसिप) बाट निलम्बित गरेसँगै ब्रिट्नी आफ्नो स्वतन्त्रतामा रमाउन थालेकी हुन् ।
पहिलोपटक हवाईजहाज उडाउन सिक्दै गरेको फोटो सेयर गर्दै उनले आफू आकाशमा उडिरहेको जानकारी दिएकी छन् ।
ब्रिट्नीका वकिल म्याथ्यू रोजेनगर्ट भन्छन्, “यो उहाँको आशा र अपेक्षा हो ।” उनका अनुसार नोभेम्बर १२ मा हुने सुनुवाइबाट यो कन्जर्भेटोरसिपको पूर्ण अन्त्य हुनेछ ।
ब्रिट्नीका वकिलका साथै शेर र डियोन वारविकले पनि न्यायधीशको निर्णयको स्वागत गरेका छन् ।
शेर ट्विटरमा लेख्छन्, “यो ब्रिट् (ब्रिट्नी)को नयाँ जिवनको सुरुवात हो ।” यता वारविकले भने भिडियो सेयरगर्दै निर्णयलाई समर्थन गरेका छन् ।
लस एन्जलसको अदालका न्यायधिस ब्रेन्डा पेनीले सन् २००८ देखिको कन्जर्भेटोरसिपलाई अन्तत: अन्त्य गरेको हो ।
बीबीसी