असोज । चितवनमा केहि दिनदेखि कोरोना संक्रमण बढ्दै गएको छ । चितवन यो साता रेड जोनमुक्त हुने अनुमान गरिएपनि पुनः संक्रमितको संख्या बढ्न थालेको हो ।
सक्रिय संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेड जोनमा राख्ने गरेको छ । तर चितवनमा शनिबार सम्म सक्रिय संक्रमितको संख्या ६०३ रहेको छ । यसअघि सक्रिय संक्रमितको संख्या ५७८ मा झरेको तथ्यांक थियो ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना संक्रमित थपिँदा १९ जना मात्रै संक्रमणमुक्त भएका छन । संक्रमितको मृत्यु भने भएको छैन । सक्रिय संक्रमित ६०३ मध्ये ५५७ जना होम आइसोलेसन र ४६ जना अस्पताल आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु