काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार अघिल्लो कारोबार दिनको तुलनामा १०४ दशमलव ८८ अंक अर्थात् ३ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ ।
यो दिन नेप्से परिसूचक २ हजार १६ दशमलव ९५ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबारमा आएका २१७ ओटा कम्पनी मध्ये १८ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन प्रिमियर इन्स्योरेन्स,वेष्ट फाइनान्स,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स,आइसीएफसी फाइनान्स,कर्पोरेट डेभलपमेण्ट बैंक,मल्टीपर्पस फाइनान्स,सिन्धु विकास बैंक,रिलायन्स फाइनान्स,दिब्यश्वरी हाइड्रोपावर,युनिभर्सल पावर कम्पनी,युनियन हाइड्रोपावर,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी लिवर्टी इनर्जी,मनकामना स्मार्ट लघुवित्त,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,पन्चकन्या माई हाइड्रोपावर,माउण्टेन हाइड्रो नेपाल र शाइन रेसुङगा डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजार बढ्न थालेसँगै ती कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो दिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९२ प्रतिशत,माउण्टेन इनर्जीको ९ दशमलव ९६ प्रतिशत,पञ्चकन्या माइ हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यसैगरी श्री इन्भेष्टमेण्ट एण्ड फाइनानसको ९ दशमलव ९८ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको हो छ भने बाँकी सबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ ।