चितवन । विद्यार्थी नेता अमृत मिश्रले नेपाली कांग्रेस भरतपुर महानगरको सहसचिवमा उम्मेदवारीको घोषणा गरेका छन् । मिश्रले सहसचिवमा आफु निर्वाचित हुने दाबी गरेका छन् । ‘युवा नेतृत्वको आवश्यकता महसुस सबैले गरेका छन्ू, उनले भने, युवा आकर्षण बढाउने छु, अग्रज पुस्ताको अनुभव र सुझावबाट महानगरमा बलियो कांग्रेस बनाइने छ ।’
चितवनमा यहि असोज ९ गते पालिकास्तरको अधिवेशन हुदैछ । उनी नेविसंघको दुर्गा मावी विजयनगरको सभापति, क्षेत्रीय सदस्य, सप्तगण्डकी कलेज इकाइको सहसचिव लगायतका जिम्मेवारीमा थिए । १३ औं महाधिवेशनमा उनी कांग्रेस भरतपुर -१६ को सहसचिव निर्वाचित थिए । सुशील कोइराला सोसलिष्ट युथ सर्कलमा सक्रिय मिश्र १६ नम्वर वडाभित्रको चक्रेश्वर टोल विकास संस्थाको अध्यक्ष छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु