बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्र गतिमा अगाडि बढेको दाबी गरेका छन् । नेकपा (एमाले) रूपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।
ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।”
उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । ओलीले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गर्न भन्दै पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु