सूर्य बराल ,चितवन । भरतपुर महानगरपालिका वडा नं ५ स्वामी चोक स्थित आफ्नै मामा घरमा बस्दै आएकी वर्ष अन्दाजी २३ की बिपना सुबेदीको मृत्यु प्रकरणलाई प्रहरीले नियोजित रुपमा गुपचुप राखेको पाईएको छ । गत् आषाढ १४ गते राती भएको सो मृत्यु प्रकरणमा शब सँगैं भेटिएको एक झोला बढी लागुऔंषध कसले कहाँबाट कसरी सो स्थानमा ल्यायो भन्ने बारे तथ्य लुकाउनु र घटनाका सम्बन्धमा सम्पूर्ण बिबरणहरु चितवन प्रहरीले प्रेसमा सार्बजनिक नगरी यतिका दिनसम्म गुपचुप राख्नुले सो आत्महत्या प्रकरण थप रहस्यमय बनेको हो । आफन्तहरुसँगको मिलेमतोमा चितवन प्रहरीका प्रवक्ता, प्रमुख लगायतका प्रहरी अधिकृतहरुले घटनालाई गुपचुप राखेको पाईएको हो ।
अत्याधिक लागुऔषध सेवनको कारण मृत्यु भएको सो घटना र मृत्यु भएको शब सँगै भटिएको ठूलो परिमाणको लागुऔषधलाई किन सार्बजनिक गरिएन र त्यो लागुऔंषध कहाँबाट आयो यस बिषयमा प्रहरीले केही हालसम्म कुनै तथ्य बाहिर ल्याउन सकेको छैन ।स –साना दुर्घटना र आत्महत्या र गांँजा पक्राउका घटनाहरुबारे जानकारी दिने जिल्ला प्रहरी कार्यालय चितवनले उक्त घटनालाई गुपचुप बनाउनुको कारण के हो भन्ने प्रश्नहरु तेर्सिेएको छ ।
सुवेदीको आत्महत्याका कारण मृत्यु भएको वा अन्य कारणले भन्ने बिषयमा प्रहरी मौन बस्नुले यो टना थप रहस्यमय र शंकास्पद देखिएको हो । मृत्यु भएकी युवतीको शव सँगै थप करिब एक झोला लागु औषध समेत बरामद गरेको प्रहरीले सो लागु औषध बारे हाल सम्म सञ्चारमाध्यमलाई जानकारी नदिई सूचना गोप्य राखेको छ । उक्त प्रकरणमा प्रहरीले घटनासँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक नगर्नुले कता प्रहरी सँगैको मिलेमतोमै परिवारले घटनालाई गुपचुप राखेको त होइन भन्ने आमजनमानसमा आशंका व्याप्त भएको छ ।
भरतपुर ११ नौंरगै स्थायी घर भएपनि लामो समयदेखि मृतक सुबेदीका स परिवार अमेरिका बस्दैं आएको कारण विगत करिब ५ वर्ष देखि मामा घरमा बस्दै बिएन नर्सिङ्ग पढदै गरेकी उनी भरतपुरको अस्पताल रोडमा रहेको सप्तगण्डकी अस्पतालमा स्टाफ नर्समा कार्यरत थिईन । सुबेदीको मृत्युलाई परिवार र प्रहरी दुवै तर्फबाट गुपचुप राख्दै आएका छन ।
मृतकका परिवारले उनको मृत्युलाई किन लुकाउन चाह्यो र प्रहरीले समेत घटना गुपचुप बनाउनुले कतै मृतकको शब सँगै कोठाबाट भेटिएको एक झोला लागुऔषधको डिलर या सप्लायर्सलाई जोगाउन त यो सब नाटक मञ्चन गरिएको होइन भन्ने आम आशंका पैदा भएको हो । सो लागु औषध सप्लाई कस्ले ग¥यो भन्ने प्रहरीले खोजीनीति नगर्नु वा गरेको भए प्रेसमा सार्वजनिक नगर्नुले प्रहरी जनउत्तरदायी र गैह्र जिम्मेवार भएको प्रष्टनैे देखिन्छ ।
घटना गुपचुप राख्ने परिवारको प्रयास
घटना सुनियोजित रुपमा गुपचुप राखिएको मृतक युवतीको फेसबुक अकाउण्टबाट पनि प्रष्ट हुन्छ । आजको सुचना सञ्चारको युगमा बिश्वको जुनसुकै कुनामा घटेको सानो घटना किन नहोस त्यो सार्बजनिक भएलगत्तै कतिपय त भाईरल नै हुने गर्दछ । अहिलेको युगमा बाटोमा एउटा कुकुर बिरालो मर्दा त सामाजिक सञ्जालमा “रिप” लेख्ने चलन छ । तर देशकै केन्द्रविन्दु चितवनको मुटु भरतपुरकी ति युवतीको मृत्युमा भने न त “रिप” र श्रद्धाञ्जली दिईएको छ न त परिवारलाई समवेदना नै । उनको मात्र होईन मृतकको आमा, मामा, दिदीबहिनी लगाएतका सम्पूर्ण आफन्त ईष्टमित्र एवं साथीभाईहरु कसैले उनलाई श्रदाञ्जली दिएको देखिदैन् ।
मानौ बिपना सुबेदी अहिले पनि ज्यँुदै छिन् । उनको फेसबुकमा ४ महिना १२ दिन अगाडीको उनको जन्म दिनमा १८ जनाले त् उनको टाईमलाईन मै शुभकामना दिएको देखिन्छ । त्यस्तै ७७ फागुण ७ गतेको उनको एउटा फेसबुक पोष्टमा ५२ जना साथीहरुले कमेण्ट गरेका छन् । त्यस्तै फागुण २१ कै अर्को पोष्टमा ४२ जना साथीहरुले कमेण्ट गरेको देखिन्छ । उनको निधन भएको यतिका दिन भईसक्दा पनि न आफन्त र नातेदार न साथीभाई कोही कसैबाट उनको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेको देखिन्न । यसले पनि लागुऔषध सेवन द्धारा मृत्यु भएकी ति युवतीको मृत्यु शंकाष्पद देखिन्छ र घटनालाई परिवारले सबैतिरबाट गुपचुप राख्ने प्रयास गरेको प्रमाणित हुन्छ ।
साथीहरुलाई कसैसँग नबोल्न उर्दी
मृतक सुबेदीका निकटस्थ साथीहरु, अस्पतालमा सँगै काम गर्ने स्टाफहरु र स्कुल कलेज सँगै पढेका उनका हितैंषीहरुलाई उनको आत्महत्या सँग सम्बन्धित कुनैपनि बिषय अन्यत्र कोही कसैसगं नर्गन उनका एक आफन्तले उर्दी नै जारी गरेको पाईयो । सो आत्महत्याको बिषयमा सोध्दा उनीहरुले मुख खोल्न डराए । हामीले मृतककी हितैषीहरु सँग कुरा गर्ने प्रयास गर्दा शुरुमा हामी सँग कुरा गर्न खोजेकाहरु पनि पछि कुरा गर्न चाहेनन् । उनीहरु किन मुख खोल्न डराएका रहेछन भनि हामीले बुझ्दा मृतककी साथी एक जना स्टाफ नर्स साथीले केहि कुरा नगर्नु भनि उनका आफन्तले धम्की दिएको बताईन । उनले डराउँदै हामी सँग भनिन् जिल्ला प्रहरी कार्यालयबाट बोलाएमा वा प्रहरीले सोधेमा मात्र कुरा गर्नु अरु कोही कसैसँग केही कुरा नगर्नु भनेकाले म कुरा गर्न सक्दिन भन्दै उनी कुरै गर्न चाहिनन् । मृतक सुबेदीका एक दर्जन बढी साथीहरु सँग हामीले कुरा गर्न खोजे पनि उनीहरु मुख खोलेमा प्रहरी र परिवारको तनाब झेल्न पर्ने भयमा परेको देखियो ।
भरतपुरमा मात्र मृतकका दैनिक जसो अढाई दर्जन बढी साथीसँग हिमचिम रहेपनि उनको मृतयुबारे कोही नबोल्नुले सो मृत्यु प्रकरण थप रहस्मय देखिन्छ । सुबेदी मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान कुनैपनि कोणबाट स्पष्ट र पूर्ण देखिन्न । एकातिर अरु सबै घटना र्दुघटनाबारे जानकारी दिने प्रहरीले यो अत्याधिक लागुऔषध सेवन ९ओभर डोज०को घटना किन सार्बजनिक गरेन यहाँ नै बढी शंकास्पद छ । अर्को तर्फ शबसगै भेटिएको ठुलो परिमाणको सो लागु औषध कहाँबाट आयो र मृतकलाई कसले दियो? मृतकलाई लागुऔषध दिनेहरु तर्फ अनुसन्धान किन गरिएन ? यी र यस्तै यावत प्रश्नहरु उठेकोले प्रहरी अनुसन्धान फितलो, अधुरो र शंकास्पद देखिन्छ । जिल्लामा घटेका अन्य साना–साना घटनाको पनि जानकारी दिने प्रहरीले यो गम्भिर घटना बारे प्रेसलाई जानकारी नदिनुले प्रहरी अनुसन्धान नै शंकाको घेरामा परेको हो ।