चितवन – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले डा. कृष्णराज पन्तको अध्यक्षतामा चितवन जिल्ला कमिटी गठन गरेको छ । शुक्रबार सम्पन्न भेलाले पन्तको अध्यक्षतामा दुई सय २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
सोही भेलाले भरतपुर महानगर कमिटी समेत गठन गरेको छ । विष्णुराज महतोको अध्यक्षतामा एक सय ६८ सदस्यीय भरतपुर महानगर कमिटी पनि गठन गरेको हो । महतो भरतपुर २२ का वडाध्यक्ष हुन्।
सचिव भने कमिटीले मनोनित गर्नेछ । दुबै कमिटीले शुक्रबार नै शपथ लिएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु